Logo

चाँडै केही नसोचिए खाद्य अभाव चुचुरोमा पुग्ने डब्लुएफपीको चेतावनी, जीवनयापनमै समस्या आउने

चाँडै केही नसोचिए खाद्य अभाव चुचुरोमा पुग्ने डब्लुएफपीको चेतावनी, जीवनयापनमै समस्या आउने



काठमाडौं । विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को वरिष्ठ अर्थविदले कोरोना भाईरसको महामारी पछि विश्वको खाद्य अवस्थालाई ‘एक सानो धागोमा झुण्डीरहेको’ भनेर पुष्टी गरेका छन । यसपश्चात विश्वका लाखौ मानिसहरु भोकमरीको चपेटामा पर्ने उनको अनुमान छ । यसको अन्त्यमा खाद्य सम्बन्धी समस्या जटिल अवस्था आउन सक्ने भन्दै उनी चिन्तामा छन । डब्लुएफपीका अनुसार खाद्य संकट भनेको मानव विकास र शारिरिक विकासका लागि आवश्यक पौष्टिक तत्व तथा रसायनका पनि अभाव हुनु हो ।

यसको अन्त्यमा खाद्य सम्बन्धी समस्या जटिल अवस्था आउन सक्ने भन्दै उनी चिन्तामा छन । डब्लुएफपीका अनुसार खाद्य संकट भनेको मानव विकास र शारिरिक विकासका लागि आवश्यक पौष्टिक तत्व तथा रसायनका पनि अभाव हुनु हो ।

यस्तै डब्लुएफपीका कार्यकारी निर्देशक डेभिड बीस्लेका अनुसार प्रत्येक साँझ विश्वभरीका ८२ करोड जना भोकै सुत्ने गरेका छन् । तर त्यो मुख्य समस्या होईन ।जब खाद्य अभाव हुन्छ तव लाखौंको जिवनयापनमा समस्या पर्नेछ । अब खाद्य अभावलाई कोरोना भाईरसले भोकभरीका रुपमा अगाडी बढाउने बीस्लेको भनाई छ ।

डब्लुएफपीका अनुसार गत बर्षसम्म विश्वभरीका मध्यम तथा कम आय भएका मुलुकहरुमा १३ करोड ५० लाख जना खाद्य सुरक्षाको घेराभन्दा बाहिर छन् ।यो तथ्यांक सन २०२० मा डबल भएर २६ करोड ५० लाख पुग्ने अनुमान गरिएको छ ।

दैनिक ज्यालादारीमा कामकाज गर्नेहरुका लागि कोरोना भाईरसको महामारीले सबैभन्दा धेरै पेलेको छ । यसबाट उत्पन्न भएको मन्दी र लकडाउनले तीनीहरुको दैनिक जिवनयापनमा ठुलो धक्का पुगेको छ । महामारीको समयमा खाद्य सुरक्षाको आपुर्तिमा पनि समस्या भने नआएको संयुक्त राष्ट्र संघले बताएको छ । या बदलिने सम्भावना उच्च छ । हामीले यसको खतरा आजभन्दा अघि आएको मन्दीबाट पनि सिक्नुपर्ने हो ।

सन २००८ को मन्दीमा विश्वमा तरलताको अभाव भएपछि खाद्य सुरक्षामा ठुलो धक्का पुगेको थियो भने, खाद्य सामग्रीको मूल्य पनि सोही अनुसार उच्च हुन पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्