Logo

तेलको मूल्य घट्दा खस्किदो विश्व अर्थतन्त्र तीव्र रुपमा बौरिएला ? यस्तो छ ‘ग्लोबल इकोनोमी’ मा तेलको प्रभाव

तेलको मूल्य घट्दा खस्किदो विश्व अर्थतन्त्र तीव्र रुपमा बौरिएला ? यस्तो छ ‘ग्लोबल इकोनोमी’ मा तेलको प्रभाव



काठमाडौं । अमेरिकी तेल बजारमा ईतिहासमै पहिलोपल्ट तेलको मूल्य एकाएक शून्यमा झर्दा यसले विश्व अर्थतन्त्र (ग्लोबल इकोनोमी) लाई केही सहजीकरण गर्ने अनुमान गरिएको छ ।

कोरोना भाईरसले निम्त्याएको लकडाउनका कारण विश्व अर्थतन्त्रमा परेको असरलाई नकारात्मक विन्दुमा झरेको तेलको मूल्यले सकारात्मक प्रभाव पार्ने देखिएको विश्लेषकहरुले दाबी गरिरहेका छन् ।

तेलको मूल्य सस्तिएपछि यसले सवारीसाधनको लागत र निर्माण सामग्रीको लागतमा गिरावट आउने छ र उपभोक्ताको खल्तीबाट तेलको लागि आवश्यक पैसा कम खर्च हुनेछ ।

तेलको मूल्य सस्तिएसँग अमेरिकाका संघीय रिजर्भ बैंक र केन्द्रीय बैंकहरुलाई वित्तीय परिचालनमा सहजीकरण भएको बताईएको छ । अमेरिकास्थित क्रसबोर्डर क्यापिटका प्रबन्ध निर्देशक माईकल होवेलका अनुसार फेडले स्टक सूचकांकमा १० अंक जोडेको थियो । तर तेलको घट्दो मूल्यले भने ठूलो असर पारिरहेको छ ।

फेडमा मार्च महिनाभरी आएको परिवर्तन तेलको मूल्यमा एकैचोटी ६० देखि ७० प्रतिशतको फरक पर्छ । तर, यी प्रक्रियाले तेलको मागमा ठुलो परिवर्तन ल्याउनेछन । यो बर्ष प्रतिदिन ३ करोड ब्यारेल खपत हुने अनुमान गरिएको छ ।

यसको एउटा पक्ष भनेको यसले ईक्वीटीमा नकारात्मक असर पार्नेछ । केही दिन पेट्रोलको मूल्यमा गिरावट आउनेछ भने उर्जा क्षेत्रको खर्चमा केही कमी पनि आउनेछ । पछि यो विस्तारै बढ्ने अनमान पनि गरिएको छ । तर, यसले मोनीटरी तथा अर्थिक प्याकेजमा भने केही असर पार्नेछ । गल्फन्यूज डटकमबाट

प्रतिक्रिया दिनुहोस्
MBL