Logo

शनिबार पनि भेटियो एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३१ पुग्यो

शनिबार पनि भेटियो एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३१ पुग्यो



काठमाडौं । आज पनि नेपालमा थप एक जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ। दुई संक्रमित महिला निको भएर घर फर्केकै दिन शनिबार थप एकमा संक्रमण देखिएको हो।

स्वास्थ्य मन्त्रालयको आधिकारिक वेवसाइटमा एक ६५ वर्षीय पुरुषमा नयाँ संक्रमण पुष्टि भएको उल्लेख छ। शुक्रबार उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा रहेका ११ भारतीय र एक नेपालीमा कोरोना पोजेटिभ भेटिएको थियो।

शनिबार संक्रमण पुष्टि भएका ती पुरुष् पनि सोही मस्जिदकै भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्