Logo

एकैदिन १४ जनालाई कोरोना भएको मन्त्रालयको पुष्टि, संक्रमित संख्या ३० पुग्यो (कुन जिल्लामा कति ?)

एकैदिन १४ जनालाई कोरोना भएको मन्त्रालयको पुष्टि, संक्रमित संख्या ३० पुग्यो (कुन जिल्लामा कति ?)



काठमाडौं । नेपालमा एकैदिन १४ जनालाई कोरोना संक्रमण भएको छ ।

शुक्रबार थप १४ जनाको स्वाब परीक्षणमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

जसमध्ये उदयपुरमा १२ जना उदयपुरमा र २ जना चितवनमा कोरोना संक्रमण भेटिएको हो ।
उयदयपुरमा भारतीय नागरिक सहित १२ जनाको स्वाब परीक्षण रिपोर्टमा कोराना संक्रमण भएको पुष्टि भएको हो । यसैगरी चितवनको राप्ती नगरपालिकका ८ का आमा छोरामा कोरोना भएको पुष्टि भएको मन्त्रलायले जानकारी दिएको छ ।

उदयपुर जिल्लाका कोरोना संक्रमित १२ वटामध्ये ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षिय पुरुष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्