Logo

कोरोनाको उपचारमा ‘रेमडेजीभिर’ औषधिको सफल परीक्षण, विश्वभर लागू गर्ने तयारी

कोरोनाको उपचारमा ‘रेमडेजीभिर’ औषधिको सफल परीक्षण, विश्वभर लागू गर्ने तयारी



काठमाडौं । कोरोना भाईरस संंक्रमितलाई परीक्षणका रुपमा प्रयोग गरिएको रेमडेजीभिर नामक औषधिले काम गरेको छ । यसका कारण प्रायजसो बिरामीहरु घर फर्किरहेका छन् । बिहीबार स्ट्याट न्युजले यसका कारण विरामीहरु निको भईरहेको उल्लेख गरेको छ ।

स्ट्याट न्युजका अनुसार केही विरामीहरुलाई परीक्षणको रुपमा उक्त औषधि प्रयोग गरिएको र सोहीअनुसार विरामीहरुको केही हप्ताको उपचार पछि ठिक भएको हो । परीक्षणको रुपमा प्रयोग गरिएको उक्त औषधिका कारण निको भएर घर जानेको संख्या बढेको छ । ‘यसको प्रयोगपछि हामीले हाम्रा धेरैजसो कोरोना संक्रमितहरुलाई डिस्चार्ज गरिसकेका छौं,’ सिकागो विश्वविद्यालयका संक्रमण रोग विशेषज्ञ कथ्लीन मुलेनले एक भिडियोमा भनेका छन् ।

यसका बारेमा मुलेनले सीएनएनलाई कुनै टिप्पणी भने गरेका छैनन् । तर, उक्त परीक्षणको एकमुष्ट टिप्पणी गर्ने स्रोतले जनाएको छ । गिलिड साईन्सले निर्माण गरिएको उक्त औषधि ईबोला भाईरस विरुद्ध परिक्षण गरिएको थियो । जुन केही हदसम्म सफल भएको थियो । त्यसपश्चात उक्त औषधि विभिन्न जनावहरुमा परिक्षण गर्दा सार्स कोरोना भाईरसजस्ता श्वासप्रश्वाससम्बन्धी रोगका लागि पनि उपुयक्त हुने पत्ता लगाईएको थियो ।

गत फेब्रुअरीमा विश्व स्वास्थ्य संगठनले पनि रेमडेजिभीरले कोरोना भाईरसविरुद्ध प्रतिक्रिया दिएको थियो । विज्ञ मुलेनका अनुसार १० दिनसम्म अस्पतालमा राख्नुपर्ने कोरोना भाईरस संक्रमितलाई उक्त औषधिको परिक्षणपश्चात ६ दिनमै डिस्चार्ज गर्न पाईएको छ । उक्त औषधिलाई परिक्षणमा सामेल नगरिसकेको हुनाले संक्रमितलाई राम्रै फाईदा पुर्याउछ भनेर यत्तिकै भन्न सकिने अवस्था छैन ।

डिस्चार्ज भएको केही विरामीहरुमा उक्त औषधि परिक्षण नगरिएको हुनाले यसै औषधीले फाईदा पुर्याएको भनेर भन्न सकिने अवस्था नरहेको पनि केही चिकित्सहरुको भनाई छ । अन्य दर्जनौं क्लिनिकहरुमा उक्त औषधि परिक्षणका लागि पठाईँदै छ । औषधिको निर्माण कम्पनी गिलिडले विश्वभरीका कोरोना संक्रमण रहेका १ सय ५२ केन्द्रका २ हजार ४ सय जनामा उक्त परिक्षण गर्ने बताएको छ । यस्तै १ सय ६९ ओटा अस्पतालका १ हजार ६ सय जनामा पनि उक्त औषधि परिक्षण गरिने भएको छ । यसको नतिजा यसै महिनाको अन्त्यसम्म आउने गिलिडले सीएनएनलाई बताएको छ ।
सीएनएनबाट अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL