Logo

पेप्सिकोलाको सनसिटी अपार्टमेण्टमा बस्ने दुईजनामा कोरोना भएको मन्त्रालयको पुष्टि, अब काठमाडौं रेड जोनमा

पेप्सिकोलाको सनसिटी अपार्टमेण्टमा बस्ने दुईजनामा कोरोना भएको मन्त्रालयको पुष्टि, अब काठमाडौं रेड जोनमा



काठमाडौं । सनसिटी अपार्टमेन्टका कोरोना संक्रमण आशंका गरिएका दुई जनाको पीसीआर टेष्टमा पनि रिपोर्ट पोजेटिभ आएको । र्यापिड टेस्टबाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका ३ जनामध्ये एक जनाको भने अन्तिम रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्यापिड टेस्ट गर्दा कोरोना पोजिटिभ देखिएको देखिएपछि उनीहरुलाई सोमबार अपरान्ह पाटन अस्पताल लगिएको थियो । उनीहरु अहिले पाटन अस्पतालको आइसोलेसनमा छन् ।

उनीहरु २८ दिनअघि बेलायतमा फर्किएका थिए । सोमबार र्यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो । ८१ बर्षको कहिला र ५७ बर्षको छोरामा पोजेटिभ देखिएको हो । बुहारीको अर्को नमुना लिएर पुन परिक्षण गरिदै गरेको बताइएको छ ।

अपार्टमेन्टमा बस्ने तीनजनालाई कोरोना पोजेटिभ देखिएपछि सो बिल्डि‌ङलाई नै प्रहरीले सिल गरेको छ । योसँगै नेपालमा कुल कोरोना पोजेटिभको संख्या १६ पुगेको छ । एक जना भने उपचार पछि घर फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस्