Logo

लकडाउनको अवधि बढाउन ११ बजे मन्त्रिपरिषद् बैठक, यस्तो छ सरकारको तयारी

लकडाउनको अवधि बढाउन ११ बजे मन्त्रिपरिषद् बैठक, यस्तो छ सरकारको तयारी



काठमाडौं । सरकारले हाल जारी लकडाउनको अवधि लम्ब्याउनेृ भएको छ । नेपालभित्र संक्रमितको संख्या बढ्दै जाँदा विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको रोकथाम र नियन्त्रण लागि सरकारले लकडाउन थप गर्ने तयारी गरेको हो ।

लकडाउन थप गर्ने बिषयमा हुने मन्त्रिपरिषद बैठक मंगलबार ११ बजे बस्ने बताइएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दा पनि वैशाख दोश्रो सातासम्म लकडाउन हुन सक्ने संकेत दिएका थिए।

मंगलबार बस्ने मन्त्रिपरिषद बैठकमा लकडाउन थप गर्ने बिषयमा छलफल हुने जनाइएको छ । बैठकमा ७ देखि १० दिनसम्म लकडाउन थप गर्न सकिने र लकडाउन पहिलेको भन्दा अझ कडा गर्न सकिने मन्त्रीपरिषदका एक अक सदस्यले बताए ।

चैत २५ तेश्रो पटक थपिएको एक साताको लकडाउन बुधबार सकिने छ । हालसम्म नेपालमा १४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । सोमबारमात्र वीरगञ्जमा रहेका ३ जना भारतीयमा संक्रमण पुष्टि, मंगलबार थप दुईमा संक्रमण पुष्टि र भक्तपुरमा ३ जनामा संक्रमण्को अशांकासँगै जनमानसमा त्रासको वातावरण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL