Logo

‘लकडाउन’ आजदेखि १९ औं दिनमा : बिहानै उल्लंघन गर्ने हजारौं पक्राउ, प्रहरीलाई सकस

‘लकडाउन’ आजदेखि १९ औं दिनमा : बिहानै उल्लंघन गर्ने हजारौं पक्राउ, प्रहरीलाई सकस



काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउनको आज १९ औं दिन हो । आज पनि काठमाडौं उपत्यकालगायत मुलुकका मुख्य शहर सुनसान छन् । सरकारले आगामी बैशाख ३ सम्मका लागि लकडाउनको समय थपेको छ ।

संक्रमितको संख्या बढदैं गइरहेको अवस्थामा धेरै सर्वसाधारणहरु मानसिक रुपमा पनि लकडाउनका लागि तयार भएको देखिएपनि केही भने लकडाउन उल्लंघनमा दिनहुँ पक्राउ पर्दै आएका छन् । गत मंगलबार चैत ११ गतेदेखि लकडाउन चलिरहेको छ । लकडाउनको समय बढेसँगै उल्ङ्नलंघ गर्नेको सङख्या बढदै गएको देखिएको छ ।

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गर्दागर्दै पनि नियम उल्लंघन गर्नेहरु पनि रहेका छन् । लकडाउन उल्लंघन गर्नेहरुलाई प्रहरीले दिनहुँ पक्राउ गर्दै आएको छ । प्रहरीले अत्यावश्यक बाहेकका कामका लागि गाडी चलाएको पाइए चालकलाई फर्काएर बेलुकीमात्रै गाडी छाड्ने गरेको छ ।

पछिल्लो समय लकडाउन उल्लंघनकर्ता बढ्दा प्रहरीलाई सकस परेको छ । शनिवार बिहानै पनि उपत्यका भित्रबाट १२ सय ६६ जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले आज बिहान ८ बजेसम्ममा ९ सय २४ जना पुरुष र ३ सय ४२ जना महिला रहेको प्रहरीले जानकारी दिएको छ। नियन्त्रणमा लिएका मानिसलाई सडकमा नै बनाएको होल्डिङ एरियाममा तीन घण्टा राखेर फर्काउने गरिन्छ। नियम उल्लङ्घन गरेर चलाएका ९८ वटा सवारी साधन समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले लकडाउन उल्लंघन गर्ने सयौ सवारीलाई समेत पक्राउ गरेको छ । लकडाउनका कारण अहिले देशभर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासनबाट अनुमति लिएका गाडी मात्र चलिरहेका छन् । अरु गाडी चलाउन र अत्यावश्यक नपरि हिँडडुलमा पनि रोक लगाइएको छ । लकडाउनको अवधिमा अत्यावश्यक बाहेकका काममा हिँडडुल गर्नेलाई प्रहरीले कारबाही गर्ने गरेको छ । लकडाउन तोड्दै सवारी चलाउने भने बढेका छन् । त्यतिमात्र होइन बिना काम घरबाहिर निस्केर पक्राउ पर्ने पनि धेरै छन् ।

प्रहरीले त्यसरी नियन्त्रणमा लिएकाहरूलाई ठाउँको ठाउँ ३ घण्टासम्म ‘होल्ड’ गरेर पठाउने गरेको छ । यसअवधिमा प्रहरीले अत्यावश्यक काममा मात्रै घरबाहिर निस्किन आग्रह गरेको छ । औषधी उपचारदेखि खाद्यन्न सकिएको अवस्थालाई अत्यावश्यक काम भनिएको छ । त्यस्तो अवस्थामा प्रहरीको टोल फ्रि नम्बर १०० वा ड्युटीमा खटिएका प्रहरीका कमाण्डरलाई थाहा दिएर जान सकिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

सरकारले गरेको लकडाउनलाई व्यवस्थित गराउने क्रममा ट्राफिक प्रहरीले मानिससंगै सवारी नियन्त्रणमा लिँदै आएको छ । अत्यावश्यक बाहेकका सवारीलाई कार्वाही गरिएको हो । मानिसका हकमा तीन घण्टा जहाँ नियन्त्रणमा लिइयो त्यहीं रोकेर राख्ने गरिएको छ । ट्राफिक प्रहरीले गाडी अत्यावश्यक बाहेकमा कामका लागि चलाएको पाइए दिनभरि होल्ड गरेर बेलुकीमात्रै फिर्ता गर्ने गरेको छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन र सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

लकडाउनका कारण धेरैजसो मुख्य सडकमा आवतजावत ठप्प छ भने भित्रि सडकमा सामान्य चहलपहल छ । प्रहरीले घर बाहिर ननिस्किन तथा उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । उल्ल्ंघन बढ्दै गएपछि सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ । सरकारले कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थामा लकडाउनलाई थप कडा रूपमा लागू गर्दै घरमै बस्न सरकारले पुनः अपिलसमेत गरेको छ । उच्च सतर्कता अपनाउँदै लकडाउनलाई कडाइँ गरिने सरकारका प्रवक्तासमेत रहेको मन्त्री डा खतिवडाले बताए । एक प्रदेशबाट अर्को प्रदेशमा, एक जिल्लाबाट अर्को जिल्लामा र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने आवागमन पनि गत आइतबारदेखि रोकिएको सरकारले बताएको छ ।

यस्तै, सरकारले कञ्चनपुर, कैलाली र बाग्लुङमा र्र्यािपड टेस्ट किट प्रयोग गरेर कोरोनाको परीक्षण पनि थालेको छ । र्र्यािपड टेस्ट कीटको परीक्षणबाट रिपोर्ट पोजेटिभ देखिए पुनः पीसीआर टेस्ट गर्ने निर्णय भएको छ । गत शनिबार नै कैलालीमा दुई र कञ्चनपुरमा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसमध्ये कैलालीमा संक्रमित महिला नेपालभित्रै संक्रमण भएकी पहिलो व्यक्ति हुन् । यसअघिका सबै जना संक्रमित विदेशबाट आएका थिए ।

यसले कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको निष्कर्ष निकाल्दै सरकारले मास स्केलमा परीक्षण सुरु गर्ने निर्णय गरेको हो । चैत २५ तेश्रो पटक थपिएको एक साताको लकडाउन आगामी बैशाख ३ गते सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL