Logo

कोरोना कहर : मृतकको संख्या एक लाख नाघ्यो, अमेरिकामा एकैदिन २ हजारले ज्यान गुमाए

कोरोना कहर : मृतकको संख्या एक लाख नाघ्यो, अमेरिकामा एकैदिन २ हजारले ज्यान गुमाए



काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड(१९०को संक्रमणबाट मृत्यु हुनेको संख्या झन् बढेको छ । संक्रमणबाट विश्वभर ९५ हजार बढीको मृत्यु भएको छ । गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट आज बिहानसम्म १ लाख २ हजार ६ सयको मृत्यु भइसकेको छ । संक्रमितको संख्या १६ लाख ९७ हजारभन्दा बढी पुग्दा ३ लाख ७६ हजारभन्दा बढी निको भएका छन् ।

चीनको वुहान शहरबाट शुरु भएको कोरोनालाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ । सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ । यद्यपि अमेरिका, फ्रान्स, इटाली र स्पेन यस भाइरसका कारण भयावह स्थिति भएको छ ।

पछिल्ला दिनमा कोभिड(१९ को इपीसेन्टर बनेको अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट शुक्रबार एकै दिन २ हजार बढीको मृत्यु भएको छ । पछिल्ला एक सातामा औषतमा दैनिक १५ सयका दरले आफ्ना नागरिक गुमाउँदै आएको अमेरिकामा पछिल्लो २४ घन्टामा २ हजार १७ जनाको मृत्यु भएको हो ।

यससँगै अमेरिकामा हालसम्म १८ हजार ६ सय ९९ पुगेको छ । अमेरिकामा हालसम्म संक्रमितको संख्या ५लाख नाघेको छ । अहिलेसम्म अमेरिकामा ५ लाख १ हजार ८ सय ८० जना संक्रमित भेटिएको, जसमध्ये पछिल्लो २४ घन्टामा मात्रै ३३ हजार ३ सय १४ नयाँ संक्रमित देखिएका हुन् ।

यस्तै इटालीमा साढे १८ हजारभन्दा धेरै, स्पेनमा १६ हजारभन्दा धेरै, फ्रान्समा १३ हजारभन्दा धेरै, बेलायतमा झण्डै ९ हजार मानिसको ज्यान गएको छ । यसैबीच इटलीका प्रधानमन्त्रीले आउँदो मे ३ तारिख अर्थात वैशाख २१ गतेसम्मका लागि लकडाउन बढाउने घोषणा गरेका छन् ।

नेपालमा हालसम्म कोरोना भाइरसका शंकास्पद तीन हजार बढीको स्वास्थ्य परिक्षण गरिएको छ, जसमध्ये ९ जनामा कोरोना भाइरसको संत्रमण देखिएको छ । संक्रमितमध्ये एक जनालाई उपचार पछि निका भइसकेको छ भने ८ जना अहिले उपचारत छन् ।

प्रतिक्रिया दिनुहोस्