Logo

‘सेतो कोक’को कम्युनिष्ट कथा, जसले सोभियत यूनियन र अमेरिकी साम्राज्यवादको द्धन्द्ध छताछुल्ल भयो

‘सेतो कोक’को कम्युनिष्ट कथा, जसले सोभियत यूनियन र अमेरिकी साम्राज्यवादको द्धन्द्ध छताछुल्ल भयो



काठमाडौं । तपाईँले कहिल्यै सेतो कोकाकोला खानु भएको छ ? सेतो अमृत मानिएको यसको अनुभव धेरै कम मानिसहरुले मात्रै लिएका छन् । तत्कालीन सोभियत युनियन र अमेरिकाको द्धन्द्ध त धेरैलाई जानकारी भएकै विषय हो । यस्तोमा सोभियत युनियनले कालो कोकको उपयोग नगर्ने भएपछि सेतो कोकको उत्पादन भएको थियो । यसको उत्पादनको कथा पनि रोचक छ ।

ड्वाइट आइसनहुरले कम्युनिष्ट नेता सोभियत संघका मार्शल जर्गी जुकोवलाई कोका कोलाको एक क्यान दिए । जुकोवले सो कोक पिएपछि उनलाई क्लासिक अमेरिकी पेय पदार्थ निकै मन गर्यो । तर, यहींबाट समस्या सुरु भयो ।

कोकको स्वाद निकै मनपराएका जुकोवले उस्तै स्वादको बिरंग (सेतो) कोक बनाउने एकदम अनौठो कार्यकारी निर्णय गरे जुन कोकाकोला बनाउने मूल सूत्र अनुसार असम्भव थियो । जुकोवले किन यस्तो निर्णय गरे ? किनभने कोकलाई कम्युनिष्टहरूले अमेरिकी साम्राज्यवादको प्रतीकको रूपमा हेरेका थिए । त्यसकारण जुकोवले रंगहीन संस्करण बनाउन अनुरोध गरे किनभने यो भोड्का जस्तो देखिन्थ्यो, सोभियत संघमा त्यसबेलाको सांस्कृतिक रूपमा स्वीकार्य पेय भोड्का थियो । जसलाई सोभियत संघको उत्पादनको रुपमा पनि चिनिन्थ्यो ।

त्यसपश्चात जुकोवका केही मानिसहरुले कोकका अध्यक्ष ह्यारी ट्रुम्यानलाई सम्पर्क गरे उनले फेरी कोकाकोला निर्यात संगठनका अध्यक्ष जेम्स फेरलीसँग उक्त कुराको आग्रह गरे । त्यसपश्चात फेरलीले प्राविधिक अधिकृतलाई उक्त सेतो, रंगहीन कोकको जाँच गर्न निर्देशन दिए ।

पछि कोकको आईकोनिक कलर क्यारामिललाई हटाईयो । उनीहरुले प्राविधिक पनि भेट्टाए जसले कोकमा भएको कलर हटाउन सक्थे । त्यसपश्चात उनिहरुले सेतो रंगहीन कोक बनाएर सीधा गिलासजस्तो बोतलमा सेतो बिर्को लगाएर प्याक गरे र बजारमा पठाए ।

प्रतिक्रिया दिनुहोस्
MBL