Logo

चीनको समर्थन गरेको भन्दै डब्लुएचओका प्रमुखलाई ज्यान मार्ने धम्की, अमेरिकाले राजनीतिकरण गरे कोरोनाले धेरै मान्छे मर्ने चेतावनी

चीनको समर्थन गरेको भन्दै डब्लुएचओका प्रमुखलाई ज्यान मार्ने धम्की, अमेरिकाले राजनीतिकरण गरे कोरोनाले धेरै मान्छे मर्ने चेतावनी



काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशकलाई ज्यान मार्ने धम्की आएको छ । विश्वभर कोरोना भाईरसको महामारी फैलिएपछि यसका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बुधबार उनलाई ज्यान मार्ने धम्की आएको हो । डब्लुएचओका महानिर्देशक टेड्रोस अधनोम घब्रेससले आफुलाई पत्रकार सम्मेलनमै धम्की आएको बताएका हुन ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई कोरोना भाईरसलाई राजनीतिकरण गरेको आरोप लगाएका थिए । सोही अनुसार उनले डब्लुएचओ चीनकेन्द्रित भएको भन्दै आलोचना समेत भएको थियो । सोही अनुसार डब्लुएचओले पनि अमेरिकाले यस्तै अवस्था रहिरहे कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या अझै बढ्ने चेतावनी समेत दिएको छ ।

तर डब्लुएचओका महानिर्देशक घब्रेससले विश्वका सबै नेताहरुलाई आफ्ना नागरिकको स्वास्थ्यमा विशेष ध्यान दिन समेत आग्रह गरेका छन् । यस्तो विषयलाई लिएर राजनितिकरण गर्न नहुने उनको भनाई थियो ।

उनले अमेरिकाले आफ्नो भनाईको वास्ता नगरी कोरोना भाईरसलाई हेलचेक्र्याईका रुपमा लिएको आरोप लगाएका छन । डब्लुएचओले समयमै सचेत गराउँदा पनि यसमा ध्यान नदिदा धेरै क्षति वेहोर्नुपरेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL