Logo

‘लकडाउन’ आज १३ औं दिनमा : आजदेखि थप कडाई गर्ने सरकारको निर्णय, अब के-के गर्न पाइँदैन ?

‘लकडाउन’ आज १३ औं दिनमा : आजदेखि थप कडाई गर्ने सरकारको निर्णय, अब के-के गर्न पाइँदैन ?



काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउनको आज १३ औं दिन हो । आज पनि काठमाडौं उपत्यकालगायत मुलुकका मुख्य शहर सुनसान छन् । तर, पछिल्लो दिनमा केही स्थानमा लकडाउन उल्लंघन गर्नेहरुको संख्या पनि बढिरहेको छ ।

सरकारले आगामी मंगलबारसम्मका लागि लकडाउनको अवधि बढाएसँगै धेरै सर्वसाधारणहरु मानसिक रुपमा पनि लकडाउनका लागि तयार भएको देखिएपनि केही भने लकडाउन उल्लंघनमा दिनहुँ पक्राउ पर्दै आएका छन्।

गत मंगलबार चैत ११ गतेदेखि लकडाउन चलिरहेको छ । लकडाउनको समय बढेसँगै उल्ङ्नलंघ गर्नेको सङख्या बढदै गएको देखिएको छ।

यो लकडाउन २५ चैतसम्म चल्नेछ भने लकडाउन अवधि थप्ने सरकारको तयारी छ। यस्तोमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गर्दागर्दै पनि नियम उल्लंघन गर्नेहरु पनि रहेका छन् । लकडाउन उल्लंघन गर्नेहरुलाई प्रहरीले दिनहुँ पक्राउ गर्दै आएको छ । प्रहरीले अत्यावश्यक बाहेकका कामका लागि गाडी चलाएको पाइए चालकलाई फर्काएर बेलुकीमात्रै गाडी छाड्ने गरेको छ ।

लकडाउनका कारण अहिले देशभर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासनबाट अनुमति लिएका गाडी मात्र चलिरहेका छन् । अरु गाडी चलाउन र अत्यावश्यक नपरि हिँडडुलमा पनि रोक लगाइएको छ ।

लकडाउनको अवधिमा अत्यावश्यक बाहेकका काममा हिँडडुल गर्नेलाई प्रहरीले कारबाही गर्ने गरेको छ । लकडाउनका कारण मुख्य सडकमा आवतजावत ठप्प छ भने भित्रि सडकमा सामान्य चहलपहल छ । प्रहरीले घर बाहिर ननिस्किन तथा उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।

सरकारले आजदेखि लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउनलाई थप कडाइ गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको मन्त्रिपरिषद् बैठकले २५ चैतसम्म गरिएको लकडाउनलाई कडाइ गर्ने निर्णय गरेको अर्थ तथा सूचना एवं सञ्चार प्रविधिमन्त्री डा। युवराज खतिवडाले बताए ।

‘एक प्रदेशबाट अर्को प्रदेशमा, एक जिल्लाबाट अर्को जिल्लामा र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने आवागमन रोकिनेछ,’ डा खतिवडाले भने, ‘कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउनलाई कडा रूपमा लागू गर्नेछ ।’

कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थामा लकडाउनलाई थप कडा रूपमा लागू गर्दै घरमै बस्न सरकारले पुनः अपिलसमेत गरेको छ । उच्च सतर्कता अपनाउँदै लकडाउनलाई कडाइँ गरिने सरकारका प्रवक्तासमेत रहेको मन्त्री डा खतिवडाले बताए ।

एक प्रदेशबाट अर्को प्रदेशमा, एक जिल्लाबाट अर्को जिल्लामा र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने आवागमन पनि आजदेखि रोकिने सरकारले निर्णय गरिसकेको छ ।
यस्तै, सरकारले कञ्चनपुर, कैलाली र बाग्लुङमा (यापिट टेस्ट कीट प्रयोग गरेर कोरोनाको परीक्षण गर्ने निर्णय पनि गरेको छ । ¥यापिट टेस्ट कीटको परीक्षणबाट रिपोर्ट पोजेटिभ देखिए पुनः पीसीआर टेस्ट गर्ने निर्णय भएको उनले बताए ।

शनिबार नै कैलालीमा दुई र कञ्चनपुरमा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसमध्ये कैलालीमा संक्रमित महिला नेपालभित्रै संक्रमण भएकी पहिलो व्यक्ति हुन् । यसअघिका सबै जना संक्रमित विदेशबाट आएका थिए । यसले कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको निष्कर्ष निकाल्दै सरकारले मास स्केलमा परीक्षण सुरु गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL