Logo

‘लकडाउन’ को आज ११ औं दिन : यी कामका लागि गर्दैछ आजदेखि सरकारले लकडाउन खुकुलो

‘लकडाउन’ को आज ११ औं दिन : यी कामका लागि गर्दैछ आजदेखि सरकारले लकडाउन खुकुलो


बिजखबर संवाददाता
4.6k
Shares

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउनको आज ११ दिन हो। आज पनि काठमाडौं उपत्यकालगायत मुलुकका मुख्य शहर सुनसान छन् ।

तर, पछिल्लो दिन लकडाउन उल्लंघन गर्नेहरुको संख्या पनि बढिरहेको छ । बढेको छ । सरकारले अर्को मंगलबारसम्मका लागि लकडाउनको अवधि बढाएसँगै धेरै सर्वसाधारणहरु मानसिक रुपमा पनि लकडाउनका लागि तयार भएको देखिएपनि केही भने लकडाउन उल्लंघनमा दिनहुँ पक्राउ पर्दै आएका छन्।

गत मंगलबार चैत ११ गतेदेखि लकडाउन चलिरहेको छ । यो लकडाउन २५ चैतसम्म चल्नेछ । यस्तोमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गर्दागर्दै पनि नियम उल्लंघन गर्नेहरु पनि रहेका छन् । लकडाउन उल्लंघन गर्नेहरुलाई प्रहरीले दिनहुँ पक्राउ गर्दै आएको छ ।

काठमाडौं उपत्यकामा शुक्रबार लकडाउन उल्लंघन गर्ने चार सयभन्दा धेरैलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार बिहान ७ बजेसम्ममा काठमाडौंबाट चार सय ६८ जना र ललितपुरबाट १७ जना गरी चार सय ८५ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

लकडाउनका बेला अत्यावश्यक काम नपरि निस्किएका भएकाले उनीहरुलाई नियन्त्रणमा लिइएको हो । अब सोधपुछ गरेर अति आवश्यक कामका लागि हिँडेको भए छाडिने नत्र केहीबेर नियन्त्रणमा लिएर अब त्यसो नगर्न सम्झाउने अनि जताबाट आएको हो उतै फर्काउने प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ६ वटा चार पाङ्ग्रेसहित ८२ वटा गाडी पनि नियन्त्रणमा लिइएको छ । प्रहरीले अत्यावश्यक बाहेकका कामका लागि गाडी चलाएको पाइए चालकलाई फर्काएर बेलुकीमात्रै गाडी छाड्ने गरेको छ ।

लकडाउनका कारण अहिले देशभर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासनबाट अनुमति लिएका गाडी मात्र चलिरहेका छन् । अरु गाडी चलाउन र अत्यावश्यक नपरि हिँडडुलमा पनि रोक लगाइएको छ ।

लकडाउनको अवधिमा अत्यावश्यक बाहेकका काममा हिँडडुल गर्नेलाई प्रहरीले कारबाही गर्ने गरेको छ । लकडाउनका कारण मुख्य सडकमा आवतजावत ठप्प छ भने भित्रि सडकमा सामान्य चहलपहल छ । प्रहरीले घर बाहिर ननिस्किन तथा उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।

यसैक्रममा सरकारले आजदेखि लकडाउन केही खुकुलो पनि बनाएको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले सरकारले खेतिबाली लगाउन र भित्र्याउन अवरोध नगर्ने जनाएको छ ।

बाहिरी श्रमिकको उपस्तिथिबिना परिवार र समाज मिलेर बाली भित्र्याउन र लगाउन दिने निर्णय गरेको छ । ‘हिंउँदे बाली भित्राउने र बर्खे बाली लगाउने बेला भएको छ, घरपरिवार मिलेर खेतीवाली लगाउन सकिने ब्यबस्था हामिले गरेका छौं’, बिहीबारको बैठकपछि अर्थ एवं सञ्चार तथा सूचना प्रविमन्त्री युवराज खतिवडाले भने ।

यस्तै सरकारले अत्यावश्यक बस्तु उत्पादन गर्ने उद्योग, सेवा तथा ठूला विकास निर्माणका आयोजनाको काम पनि जारी राख्न भनेको छ । आयोजना भित्रै रहेका मजदूरलाई सुरक्षाका सामग्री लगाएर काममा परिचालन गर्न सरकारले निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL