Logo

अब श्रमिक र दैनिक ज्यालादारीलाई निशुल्क खाद्यान्न : विद्युत महशुल, खाद्यान्न, घरभाडा र इन्टरनेटमा छुट (निर्णयसहित)

अब श्रमिक र दैनिक ज्यालादारीलाई निशुल्क खाद्यान्न : विद्युत महशुल, खाद्यान्न, घरभाडा र इन्टरनेटमा छुट (निर्णयसहित)



काठमाडौं । सरकारले कोरोना भाइरस ९कोभिड–१९० बाट प्रभावितहरुलाई राहत प्याकेज घोषणा गरेको छ । मन्त्रिपरिषद्को आइतवार बसेको बैठकले एक सय ५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकहरुलाई फागुन र चैतको विद्युत महसुलमा २५ प्रतिशत छुट दिने निर्णय गरेको हो ।

यस्तै,खाद्यान्न तर्फ खाद्य संस्थानले दाल चामल लगायतका खाद्य वस्तुमा १० प्रतिशत छुट दिने निर्णय बैठकले गरेको छ । सरकारले लकडाउन अवधिभर श्रमिक र दैनिक ज्यालादारीमा जिविकोपार्जन गरिरहेकालाई लकडाउन अवधिभर निःशुल्क खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तो खाद्यान्न स्थानीय निकाय र प्रदेश सरकारले उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले कोरोना भाइरसको संक्रमण रोकथामका लागि राहत प्याकेजको निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिएका हुन् । अर्थतन्त्रमा देखिएको समस्यालाई दृष्टिगत गरी राहत घोषणा गरेको खतिवडाले बताए । स्थानीय तहले राहत दिनुपर्ने पहिचान गरी श्रमिकहरुको लगत तयार गर्ने, स्थानीय तहले दैनिक खाद्य आवश्यकता पुग्ने गरी लकडाउन अवधिभर उपलब्ध गराउने खतिवडाले बताए ।

मुख्य निर्णयहरु

स्थानीय तह र प्रदेशले कोष खडा गरी राहत उपलब्ध गराउने । रकम अपर्याप्त भएमा नेपाल सरकारको कोषबाट उपलब्ध गराउनेछ ।

चैत्र महिनाको पारिश्रमिक ज्यालादारी अग्रिम दिने, श्रमिकलाई तत्काल दिने ।

सामाजिक सुरक्षा कोषमा सरकार आफैले जम्मा गरिदिने निर्णय गरेको छ ।

इन्टरनेट र डाटा प्याकेजमा २५ प्रतिशत छुट ।

विद्युत महशुलमा २५ प्रतिशत छुट ।

फागुन र चैत्रको रकम वैशाख मसान्तमा बुझाए जरिवाना नलाग्ने ।

क्वारेन्टाइनमा राखिनेलाई स्थानीय तह र संघीय सरकारले व्यहोर्ने ।

२५ लाखको स्वास्थ्य विमा, कोरोनासम्बन्धि उपकरण निःशुल्क ।

एक महिनाको विद्यालयको शुल्क आधा मात्र दिने ।

घरबहाल आधा मिनाहा गर्न अनुरोध गर्ने । मिनाहामा घरबहाल कर नलिने ।

मूल्य अद्धिवृद्धि कर तिर्ने समय वैशाख २५ सम्म थप ।

नेपाल राष्ट्र बैंकले पुर्नकर्जा कोषलाई ६० अर्ब बनाएर कोभिड १९ प्रभावित क्षेत्रमा प्रवाह गर्ने ।

प्रतिक्रिया दिनुहोस्
MBL