Logo

भारतबाट आएकालाई आज प्रवेश दिने भोलिबाट पूर्ण निषेध, यस्ता छन् सरकारको थप निर्णय

भारतबाट आएकालाई आज प्रवेश दिने भोलिबाट पूर्ण निषेध, यस्ता छन् सरकारको थप निर्णय



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले आजसम्म भारतबाट आएका नेपालीहरुलाई छोड्ने तर भोलिबाट पूर्ण प्रवेश निषेध गर्ने निर्णय गरेको छ । समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए ।

त्यस्तै, कोरोना परीक्षणको लागि चाहिने किट्सलगायतका अत्यावश्यक औषधीजन्य सामाग्री नेपाल ल्याउनको लागि सरकारले नेपालका निजी क्षेत्रका अर्थात ठूला व्यापारीहरुलाई आग्रह गर्नेसमेत आजको बैठकले निर्णय गरेको उनको भनाई छ ।

सरकारद्धारा गठित कोरोना कोषमा एकद्धार प्रणालीमा सहयोग रकम जम्मा गर्नेपनि निर्णय भएको छ । निजी क्षेत्रबाट कोष खडा गरि रकम संकलन भैरहेकोमा ती सबैले हरेक सातामा सरकारको केन्द्रिय कोषमा रकम जम्मा गर्नुपर्ने आग्रह गरिएको छ ।

अहिले सरकार लकडाउनलाई नै प्रभावकारी रुपमा कार्यान्वयन गर्ने तयारीमा रहेकोले तत्काल देशभरि कफुर्यमा नजाने पनि आजको बैठकमा छलफल भएको छ । खतिवडाले भने, ‘सरकारले हिजोबाट लकडाउन घोषणा गरिसकेको छ । यसमा जनताले राम्रो साथ र सहयोग गरेका छन् । सरकारले जनतालाई धन्यवादसमेत ज्ञापन गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्