Logo

पेप्सीद्धारा रकस्टार बेभरेज खरिद, ३ अर्ब ८५ करोड डलरको सम्झौता

पेप्सीद्धारा रकस्टार बेभरेज खरिद, ३ अर्ब ८५ करोड डलरको सम्झौता



काठमाडौं । विश्वप्रसिद्ध सफ्टड्रिंक्स निर्माता कम्पनी पेप्सीले रकस्टार इनर्जी वेभरेज कम्पनी खरिद गरेको छ । पेप्सीले रकस्टार इनर्जीलाई ३ अर्ब ८५ करोड डलरमा किनेको घोषणा गरेको हो । यो खरिदविक्रि सम्झौता बुधबार सम्पन्न भएको थियो ।

रकस्टार इनर्जीको खरीदलाई पेप्सीले सफ्टड्रिक्सको बजारममा कोकलाई चुनौती दिन महत्वपूर्ण कदम ठानिएको छ । पछिल्लो समय सफ्ट ड्रिक्सको बजारमा प्रतिस्पर्धी रहेका पेप्सी र कोकले उपभोक्ता बजारमा आक्रामक उपस्थितिका लागि कदमहरु चालेका छन् ।

अहिले बजारमा दुबै प्रतिस्पर्धी कम्पनीहरुका उत्पादनहरुले उपभोक्ता बजारमा सानो सेल्टजर, सोडा, स्र्पाकिङ जुस र इनर्जी ड्रिंक्सका निर्माताहरुसँग चर्को प्रतिस्पर्धा गरिरहेका छन् ।
यस्तोमा कोका कोलाले चिनीजन्य वा गुलिया पेय पिउन छाडेका ग्राहकलाई आकर्षित गर्ने गरि क्लासिक कोक बजारमा उतारेको थियो । कम्पनीले प्रकाशन गरेको पछिल्लो त्रैमासिक विवरणमा जसको विक्रि दोहोरो अंकले बढेको थियो ।

यस्तै कोकले सन् २०१८ मा कोस्टा कफी खरिद गरेसँगै कम्पनीको विक्रिमा ठूलो सुधार आएको थियो । कोस्टा कफीको खरिद पछि कम्पनी सन् २०१९ को पछिल्लो ३ महिनामा विक्रिमा ४ प्रतिशतको वृद्धि देखिएको थियो ।

रकस्टार इनर्जीको खरीदसँगै पेप्सीको इनर्जी ड्रिंक्सको बजार पार्टफोलियो बिस्तार हुने देखिएको छ । अहिले पनि बजारमा पेप्सीको माउन्टेन ड्युको किकस्टार्ट, गेमफ्ल र एएमपी लोकप्रिय इनर्जी ड्रिक्सका रुपमा रहेका छन् ।

रकस्टार इनर्जी सन २००१ मा लासभेगासमा स्थापित कम्पनी हो र यसले ३० प्रकारका पेय उत्पादन गर्ने र ३० भन्दा बढी देशमा विक्रिवितरण गर्दै आएको छ । पेप्सीे उत्पादक पेप्सीको र रकस्टारले सन् २००९ देखि नै उत्तरअमेरिकी मुलुकमा वितरण सम्झौता गरेका थिए । यी दुई कम्पनीबीचको खरिदविक्रि सम्झौता ६ महिनामा पूरा हुने उल्लेख गरिएको छ । नेपालमा पनि पेप्सी र कोकाकोलाका विभिन्न सफ्टड्रिक्सहरु उपभोक्तामाझ लोकप्रिय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL