Logo

बजेटका लागि २ बजे योजना आयोगमा बैठक, ३ बजे मन्त्रिपरिषद्लाई अन्तिम ब्रिफिङ

बजेटका लागि २ बजे योजना आयोगमा बैठक, ३ बजे मन्त्रिपरिषद्लाई अन्तिम ब्रिफिङ



काठमाडौं । अर्थमन्त्री डा. युबराज खतिवडाले ३ बजे मन्त्रिपरिषद्लाई अन्तिम ब्रिफिङ गराउने भएका छन् । बजेट भाषण गर्नुपूर्ण मन्त्रिपरिषद्को सहमति लिने परम्परा अनुसार ३ बजे डा. खतिवडाले जानकारी गराउन लागेका हुन् ।

सोभन्दा अघि बजेटका लागि २ बजे राष्ट्रिय योजना आयोगमा बैठक बस्ने भएको छ । २ बजे योजना आयोगमा बैंठक बसी ३ बजे मन्त्रिपरिषद्बाट बजेट स्वीकृति गराईने अर्थमन्त्रीका स्वकीय सचिव तुलसी मैनालीले जानकारी दिए ।

अर्थमन्त्री खतीवडा ३ बजे मन्त्रिपरिषद्लाई बजेटको संक्षिप्त ब्रिफिङ गराएर बजेट भाषणका लागि संसद भवन नयाँ बानेश्वर जाने छन् ।

चालु आर्थिक बर्षका लागि १३ खर्ब १५ अर्बको बजेट ल्याएको सरकारले आगामी आर्थिक बर्षका लागि भने १५ खर्ब ८० अर्ब रुपैयाँ बराबरकोे बजेट ल्याउन लागेको स्रोतले बताएको छ ।

राष्ट्रिय योजना आयोगले सुरुमा १४ खर्ब ९१ अर्बको बजेट सिलिङ तोकिदिएको थियो । तर, बृद्ध भत्ता, सामाजिक सुरक्षा, कर्मचारी तवल वृद्धिजस्ता कार्यक्रममा उच्च बजेट खर्च हुनेभएपनि हिजो रातीमात्रै उक्त सिलिङ बढाएर १५ खर्ब ७७ अर्ब पुर्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्