Logo

आर्थिक बर्ष २०७६/७७ को बजेट १५ खर्ब ८० अर्ब

आर्थिक बर्ष २०७६/७७ को बजेट १५ खर्ब ८० अर्ब



काठमाडौं । सरकारले आर्थिक बर्ष २०७६/०७७ का लागि १५ खर्ब ८० अर्ब रुपैयाँको बजेट ल्याउने भएको छ ।

राष्ट्रिय योजना आयोगले आगामी आबको लागि कुल १४ खर्ब ९१ अर्ब ९० करोड रुपैयाँको बजेटको सिलिङ तोकिदिएको थियो । तर, पपुलिष्ट र वितरणमुखी बजेट ल्याउनु पर्ने भएकाले सिलिङभन्दा माथी गएर बजेट तयार गरिएको उच्च स्रोतले जानकारी दिएको छ ।

सरकारले चालू आबका लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट ल्याएको थियो । उक्त बजेट ल्याउँदा सरकारले बृद्ध भत्ता, कर्मचारी तलव सुविधालाई यथावत राखेको थियो ।

तर, यसपटक बृद्ध भत्ता तथा अन्य सामाजिक सुरक्षा कार्यक्रममा व्यापक बृद्धि र कर्मचारीको तलव सुविधा पनि सोही अनुरुप वृद्धि गरिएकाले बजेटको आकार बढेको उक्त स्रोतको दावी थियो । राती अबेसम्म बसेर आगामी आबको लागि १५ खर्ब ८० अर्बको आकार सहित बजेट तयार गरिएको र बुधबार केही परिमार्जन नभए सोही अनुरुप आउने समेत उक्त स्रोतको दाबी थियो ।

अर्थमन्त्रीले बजेटको आकार बढाउँदा स्रोतको अभाव भएसँगै आन्तकिर ऋण उठौतीलाई प्रथमिकता दिएका छन । राजस्व तथा बाह्य सहयोगबाट नपुग्ने भएसँगै आन्तरिक ऋण उठौतीलाई उच्च प्राथमिकता दिइएको अर्थ मन्त्रालयका उच्च अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्