काठमाडौं । चालु आर्थिक बर्ष नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ८१ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । केन्द्रिय तथ्याङ्क विभागले शुक्रबार तथ्याङ्क प्रतिवेदन सार्वजनिक गर्दै चालु आर्थिक बर्षमा नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ८१ प्रतिशत पुग्ने जानकारी दिएको हो ।
विभागका अनुसार अघिल्लो आर्थिक बर्ष नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ३ प्रतिशत रहेको थियो । यस्तै आर्थिक बर्ष २०७३–७४ मा भने नेपालको आर्थिक वृद्धिदर ७ दशमलव ९ प्रतिशत रहेको थियो । विभागले लगातार ३ बर्ष नेपालले आर्थिक वृद्धिदरमा राम्रो फड्को मारेको जानकारी दिएको छ ।
