Logo

विदेशमा पैसा राख्ने ५५ जनामाथी अनुसन्धान गर्न अर्थ मन्त्रीको निर्देशन

विदेशमा पैसा राख्ने ५५ जनामाथी अनुसन्धान गर्न अर्थ मन्त्रीको निर्देशन



काठमाडौं । अर्थ मन्त्रालयले विदेशमा पैसा राख्ने नेपालीहरुमाथी निगरानी तथा थप अनुसन्धान गर्न निर्देशन दिएको छ । खोजपत्रकारिता केन्द्रले कानुन विपरित विदेशमा पैसा राख्ने व्यक्तिको विवरण सार्वजनिक गरेसँगै अर्थमन्त्री डा. युवराज खतिवडाले आफुमातहतका निकायलाई उक्त निर्देशन दिएको अर्थ मन्त्रालयले स्रोतले जानकारी दिएको छ ।

‘खोज पत्रकारिता केन्द्रले विदेशमा पैसा राख्ने व्यक्तिहरुको विवरण सार्वजनिक गरेसँगै अर्थ मन्त्रीले आफु मातहतका निकायको बैठक बोलाउनु भएको थियो,’ अर्थ स्रोतले भन्यो, ‘सोही छलफलमा अर्थमन्त्रीले अनुसन्धान तथा निगरानी बढाउन निर्देशन दिनुभएको हो ।’

खोज पत्रकारिकता केन्द्रले गत हप्ता विदेशमा पैसा राख्ने नेतादेखि चर्चित व्यवसायीहरुको नाम सार्वजनिक गरेको थियो । खोज पत्रकारिता केन्द्रले अन्तरराष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट्स (आईसीआईजे) ले उपलब्ध गराएको विवरण र आफुहरुले थप अनुसन्धान गरी विदेशमा कानुन विपरित पैसा राख्ने ५५ जनाको नाम सार्वजनिक गरेका दाबी गरेको छ ।

उनीहरुले उक्त पैसा विदेशमा नेपालबाटै लगेको हो या विदेशी स्रोत परिचालन गरी जम्मा गरेको हो भन्ने विषयमा समेत अनुसन्धान गर्न निर्देशन दिएको अर्थले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्