Logo

विश्वको जिडीपी ८० ट्रिलियन डलर, यी १० राष्ट्रले थेगेका छन अर्थतन्त्र

विश्वको जिडीपी ८० ट्रिलियन डलर, यी १० राष्ट्रले थेगेका छन अर्थतन्त्र



काठमाडौं । विश्वको कुल ग्राहस्थ उत्पादन (जिडिपी)८० ट्रिलियन डलर रहेको विश्व बैंकको एक अध्ययनले देखाएको छ । विश्व बैंकको २०१७ को अनुमानित आँकडाले उक्त तथ्य देखाएको हो ।

विश्व अर्थतन्त्रलाई डोर्याउने विश्वका ठुला १० राष्ट्रको मात्रै विश्व जिडिपीमा २ तिहाई योगदान रहेको देखिएको छ । विश्व बैंकका अनुसार विश्व जिडिपीमा अमेरिकाको १९ दशमलव ४ ट्रिलियन डलर देन रहेको छ । यस्तै विश्व बैंकले देखाएको तथ्याँक अनुसार २०१६ मा सबैभन्दा ठुलो अर्थतन्त्र भएको चीन भने यस बर्ष दोस्रोमा पर्दै विश्व जिडिपीमा यसको देन १२ दशमलव २ ट्रिलियन डलर रहेको छ ।

यस्तै अन्य २ ओटा ठुला अर्थतन्त्र भएका राष्ट्रहरु क्रमशः जापान र जर्मनी रहेका छन । उनिहरुको विश्व जिडिपीमा जापानको ४ दशमलव ९ ट्रिलियन डलर र जर्मनीको ४ दशमलव ६ ट्रिलियन डलर रहेको छ । यस्तै यी २ ओटा राष्ट्रको जिडिपी मात्रै चीन र अमेरिकासँग जोड्ने हो भने विश्व जिडिपीको ५० प्रतिशत ओगट्ने देखिन्छ ।

यस्तै केहि बर्षदेखि यी ठुला अर्थतन्त्र भएका देशहरुको अर्थतन्त्रमा भने धेरै परिवर्तन आएको देखिदैन । केहि राष्ट्रहरु भने अर्थव्यबस्थाको इमर्जिङ स्टेजमा रहेका छन जुन आफ्नो अर्थ व्यबस्थालाई अघि बढाउन लागिपरेको देखिन्छ ।

यस्तै भारतले यस्तो जिडिपीमा फ्रान्सलाई उछिनेको छ । भारतको हालको जिडिपी २ दशमलव ६ ट्रिलियन डलर रहेको छ जुन विश्व जिडिपीमा ३ दशमलव ३ प्रतिशत देन रहेको छ ।

हालको २ बर्षमा भारतले जिडिपीमा तिव्र वृद्धि गरिरहेको छ । भारतले २ बर्षमा आफ्नो अर्थतन्त्रमा ८ दशमलव २ प्रतिशतले वृद्धि गरेको छ । यस्तै ब्राजिल तथा इटाली पनि अर्थतन्त्र वृद्धि गर्ने पक्षमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL