Logo

मिलापत्रको लागि होइन सुमधुर ध्वनी आउने गरी ताली बजाउ, उज्यालोमा बसेर कर तिर्न अर्थमन्त्रीको निर्देशन

मिलापत्रको लागि होइन सुमधुर ध्वनी आउने गरी ताली बजाउ, उज्यालोमा बसेर कर तिर्न अर्थमन्त्रीको निर्देशन



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कर तिर्ने र लिनेबीच आर्थिक रुपमा मिलापत्र हुन नहुने बताएका छन् । ‘कर प्रणालीको स्वच्छता जुन बेला हुन्छ त्यतिवेला कर तिर्ने र उठाउने दुबै स्वच्छ हुन्छन्,’ सातौं राष्ट्रिय कर दिवसलाई सम्बोधन गर्दै उनले भने, ‘ताली दुबै हातले बजाउ तर मिलापत्रको लागि होइन स्वच्छताको लागि जसबाट मधुर ध्यानी निष्कियोस ।’

अर्थमन्त्रालयले कर प्रशासनमा लोडसेडिङ हटाएको जानकारी दिँदै अबका दिन अध्यारोमा बसेर कर लेनदेन नगर्न समेत निर्देशन दिएका छन् । ‘हामीले कर प्रशासनमा करभर लोडसेडिङ हटाएका छौं,’ उनले भने, ‘यदि कतै अध्यारो छ भने भन्नुहोस अर्थ मन्त्रालयले ठूलो बत्ती बालिदिनेछ ।’

जनतालाई सरल, स्वच्छ र सुलभ कर सेवा दिने जानकारी दिँदै सोही अनुरुप अघि बढ्न कर्मचारीलाई निर्देशन दिएका छन् । साथै विश्व बैंकले नेपालको व्यवसाय गर्ने प्रकृति र त्यसको लागतको विषयमा अनाश्यक मुल्याङ्कन गरेको भन्दै आपत्ति जनाएका छन् । साथै आमामी दिनमा सो सम्बन्धमा विश्व बैंकले थप रिभ्यु गर्ने समेत उनले जानकारी दिए ।

कार्यक्रममा निजी क्षेत्रले भने संघीयता पछिको दोहोरो कर नीतिका कारण व्यवसायीहरु समस्यामा परेको गुनासो गरेका छन् । अहिले संघ, प्रदेश र स्थानीय तहले छुट्टा छुट्टै कर लगाउँदा उद्योग व्यवसायी मर्कामा परेको व्यवसायीहरुको भनाई थियो ।

यसैगरी कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले आतंकको छायामा कर उठानउ नसक्ने जानकारी दिँदै आगामी दिनमा कर प्रणालीमा परिवर्तन ल्याउन आग्रह गरेका छन् । साथै सरकारले देशको कुल ग्राह्स्थ्य उत्पादनको तुलनमा बढी कर उठाएकोभ भन्दै करका दर घटाएर दायरा बढाउन आग्रह गरेका छन् । अबका दिनमा विलासिताका बस्तु र अत्यावश्यक बस्तुका फरक फरक मूल्य अधिवृद्धि कर लगाउन समेत माग गरेका छन् ।

यसैगरी नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले सरकारले बढी कर उठाउँदा व्यवसायीसँग लगानी गर्ने पैसा नहुने बताउँदै जनतासँग कर उठाए अनुरुपको विकासको पनि लक्ष्य तय गर्नुपर्ने बताए । ‘सरकारले बार्षिक २४ प्रशितले राजस्व वृद्धि गरी उठाउने लक्ष्य लिएको छ,’ उनले भने, ‘तर सोही अनुरुप विकासको लक्ष्य तोकिएको छ कि छैन त्यसमा पनि ध्यान दिनु जरुरी छ ।’ सरकारले जनतासँग कर उठाए अनुसारको सदुपयोग गर्न नसकेको उनको गुनासो थियो ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणाले नेपालको व्यवसायीक लागत बढी भएको भन्दै घटाउन आग्रह गरेकी थिईन् । साथै अबका दिनमा एकिकृति कर प्रणाली लागू गर्नुपर्ने बताउँदै कर प्रणालीलाई सिस्टोमेटिक बनाउन समेत आग्रह गरेकी थिईन ।

प्रतिक्रिया दिनुहोस्
MBL