Logo

५ बर्षभित्र ३० लाख करदाता, पुसभित्र सबै विवरण नबुझाए एनजीओ पनि कारबाहीमा

५ बर्षभित्र ३० लाख करदाता, पुसभित्र सबै विवरण नबुझाए एनजीओ पनि कारबाहीमा



काठमाडौं । सरकारले बढीभन्दा बढी व्यवसाय तथा व्यक्तिलाई करमा समावेश गराउने गरी सातौं कर दिवस मनाउने भएको छ । आगामी ५ बर्षभित्र ३० लाख करदाता पुर्याउने लक्ष्यसहित यस पटकको कर दिवस मनाउन लागिएको आन्तरिक राजस्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले जानकारी दिए ।

उनका अनुसार हालसम्म व्यवसायिक फर्म र व्यक्तिगत गरी कुल १८ लाख करदाता रहेका छन् । अबको ५ बर्षमा १२ लाख करदाता थप गरी ३० लाख पुर्याईने समेत उनले जानकारी दिए । ‘यो बर्ष हामीले ‘समृद्ध नेपाल सुखी नेपालीको भर’ भन्ने मुल नारा सहित कर दिवस मनाउँदै छौं,’ उनले भने, ‘अबका दिन सेवा सुविधा सहित बढी भन्दा बढी व्यवसायिक फर्म तथा व्यक्तिलाई करको दायरामा ल्याईनेछ ।’

यसैगरी विभागले गैर सरकारी संस्था (एनजीओ)हरुलाई पनि कडाईका साथ करको दायरामा ल्याइने भएको छ । ‘अहिले देशमा १० हजार भन्दा बढी गैर सरकारी संस्था करमा दर्ता भएर संचालन भएका छन् तर तिनीहरुले छुटको नाममा राज्यलाई तिर्नुपर्ने दायित्व पनि भुक्तानी गरेका छैनन्,’ उनले भने, ‘गैर नाफामुलक संस्था वा एनजीओले सिमित शिर्षकमा मात्र छुट पाउने हुन् आयकर ऐनको दफा १० अन्तरगत सबै कर सरकारलाई तिर्नुपर्छ ।’

साथै हाल संचालनमा रहेका एनजिलोहरुले विभागले ल्याएको स्किम अनुसार २०७५ पुस समान्त सम्ममा यस अघिका हिसाव किताव मिलान गरी करको दायरामा नआएमा माघ देखि सम्पूर्ण लगत उतारी कारबाही गरिने समेत उनले जानकारी दिए । ‘विभागले सबै एनजीओहरुको लगत उतारी छानविन प्रक्रिया अघि बढाउन लागेको छ,’ उनले भने, ‘पुस मसान्तभित्र सबै हिसाव चुक्ता नगरे माघ १ गतेदेखि छानविन गरी कारबाही गर्नेछौं ।’

यसैगरी विभागले २०७१ भन्दा अघिका ननफाइलर करदातालाई पनि हटाउने भएको छ । त्यस्ता करदातालाई छुट लिएर यही पुस मसान्तसम्म करको दायरामा आउने मिल्ने व्यवस्था गरिएको र सोही अबधिभित्रमा पनि नआएमा उनीहरुको हालसम्मको दण्ड जरिवाना सहितको सम्पूर्ण लगत उतार गरी कारबाही तथा करदाताको सूचीबाट समेत हटाईने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL