Logo

माथिल्लो तामाकोशीको अनिमियतता छानविन अन्यौलमा, ढिलाई गर्दै अख्तियार

माथिल्लो तामाकोशीको अनिमियतता छानविन अन्यौलमा, ढिलाई गर्दै अख्तियार



काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा भएको अनिमियतता छानविन अन्यौलमा परेको छ ।

तामाकोशीको सेयर वितरण संघर्ष समितिका संयोजकले गत जेठ २२ गते नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानविनका लागि उजुरी दर्ता गरेपनि अख्तियारले सो सम्बन्धमा ढिलाई गरेको हो ।

संयोजक बर्मा लामाले माथिल्लो तामाकोशी आयोजनामा अप्रत्यासित रुपमा लगानी बढाईनु, कामलाई सूस्त तरिकाले अगाडी बढाउनु तथा आयोजनामा कमसल खालका सामान प्रयोग हुनाले आयोजनामा ठूलै घोटला भएको भन्दै अख्तियारमा उजुरी दर्ता गरेका थिए ।

सो सम्बन्धमा अख्तियारले १ महिनाभित्रै सो सम्बन्धमा आधिकारीक धारणा दिने बताएपनि हालसम्म कुनै जानकारी नआएको लामा बताउँछन् ।

तर, हाल उक्त उजुरीको सम्बन्धमा अनुसन्धान भईरहेको र अहिलेनै केही भन्न नमिल्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । जेठमानै उजुरी दर्ता भए पनि अहिले सम्म कुनै कार्वाही नभएको संयोजक लामाको आरोप छ ।

कुल ४ सय ५६ मेगावाटको जलविद्युत उत्पादनको लागि ३५ अर्ब १७ करोड १० लाख रुपैयाँ स्थिर पूँजी रहेकोमा हाल आयोजनाले बढाएर ४९ अर्ब २९ करोड ५५ लाख ४३ हजार रुपैयाँ पुर्याएको छ ।

तर, आयोजनाले २०७२ को भुकम्प, तराई आन्दोलन लगायतले गर्दा लगानी बढाउनु पर्ने जानकारी दिएको छ । आयोजनाले २०६३ फागुनमा कम्पनी दर्ता गरी २०६७ मंसिरमा नेपाल सरकार, उर्जा मन्त्रालय तथा विद्युत विकास विभागबाट ४ सय ५६ मेगावाट क्षमताको विद्युत उत्पादनको अनुमति पाएको थियो ।

आयोजनाले यही साउन १६ गतेबाट स्थानीयबासीको १ करोड ५ लाख ९० हजार कित्ता सेयर बिक्री गर्न लागेको छ । स्थानीयबासीलाई सेयर बिक्री सकिएपछि मात्रै सर्वसाधरणको लागि सेयर आवेदन माग गर्ने आयोजनाले जानकारी दिएको छ ।

आयोजनाले २०७५ पुषबाट विद्युत उत्पादन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL