काठमाडौं । २७ दिन देखी अनसनरत डा. गोविन्द केसी र सरकारी पक्ष बीच ९ बुँदे सहमती भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सरकारी वार्ता टोली र डा. केसीका प्रतिनिधिबीच ९ बुँदे सहमति भएको हो ।
यस अघि सरकारी पक्ष र डा. गोविन्द केसी पक्ष बीच सिंहदरबारमा ७ बुँदे सहमती भएको थियो । केसीले २ नम्बरमा असहमति जनाए पछि बार्ता टोली बालुवाटार पुगेको थियो ।
सहमतिपत्रमा हस्ताक्षरका लागि सरकारी टोलीसहित वार्ता टोली शिक्षण अस्पताल जाँदैछन् । शिक्षण अस्पतालमा डा. केसीले सहमतिपत्रमा हस्ताक्षर गरेर अनशन तोड्नेछन ।
७ बुँदे सहमतिको मस्यौदामा नयाँ मेडिकल कलेजको सम्बन्धनबारे कुनै विषय उल्लेख नगरेको भन्दै डा केसीले असन्तुष्टि जनाएका थिए ।
तर, काठमाडौं उपत्यकामा १० बर्षसम्म मेडिकल कजेज नखोल्ने सहमति पछि उक्त सहमति पत्रमा हस्ताक्षर गर्र्दैै अनसनरत केसीले जुस खाएर अनसन तोडेका हुन् ।