Logo

नेपालमा भित्रने कपडामध्ये ९० प्रतिशत अबैध रुपमा आयात, संकटमा स्वदेशी उद्योग

नेपालमा भित्रने कपडामध्ये ९० प्रतिशत अबैध रुपमा आयात, संकटमा स्वदेशी उद्योग



काठमाडौं । नेपालमा आयात हुने कपडामध्ये करिब ९० प्रतिशत अबैधानिक तरिकाबाट आउने गरेको छ । नेपालमा बार्षिक ९० करोड मिटर कपडा आयात हुने गरेको मा भित्रीने लगभग ८० करोड कपडा अवैधानिक तरिकाले भित्रिने देखिएको छ ।

नेपालमा हाल रहेको मागको लगभग ९० प्रतिशत कपडा बाहिरबाट आउने र त्यसमा पनि लगभग ८० करोड मिटर कपडा अवैधानिक तवरले नेपालमा भित्रीएर अन्य १० करोड मिटर कपडा मात्रै वैधानिक र कानुनी रुपमा भित्रने देखिएको हो ।

आईतबार आयोजित नेपाल कपडा उद्योग संघको कार्यक्रममा बोल्दै संघका सल्लाहकार बद्री लाखेले हाल नेपालका विभिन्न नाकाबाट भएर १३ करोड मिटर मात्रै भित्रने गरेको जानकारी दिए । नेपालमा पछिल्लो समय १ अर्व बराबरको कपडाको माग भएपनि हाल भित्रने गरेको उक्त परिमाणले धेरैजसो कपडा अवैधानिक रुपमा भित्रीएको अनुमान रहेको भनाई थियो ।

अबैधानिका रुपमा भित्रने कपडा नियन्त्रण भन्सार र नेपाल सरकारको कुनै पनि निकायले कदम नचालेको पनि संघको गुनासो छ । आपुर्तिको माध्यमबाट बजारमा प्रवेश गरेको वस्तुसँग स्वदेशी उद्योगको उत्पादन प्रतिश्पर्धा गर्न सक्ने अवस्था नभएकाले नेपालको राजस्व क्षेत्रमा पनि ठुलै असर परेको संघको दावी छ ।

यसका साथै संघले हरेक सरकारको पालाका अर्थमन्त्री, अर्थसचिवहरुसंग अवैधानिक चोरी पैठारी नियन्त्रणका लागि कुरा राखेपनि खुल्ला सिमानाका कारणले उक्त कार्य अन्योलमा परेको बताउने जानकारी दिए ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले नेपालमा बार्षिक १ अर्ब मिटर कपडा आवश्यक भएपनि सोमध्ये नेपालमा जम्मा ७ प्रतिशत मात्रै कपडा बन्ने जानकारी दिए । उनले नेपालमा हरेक बर्ष १ सय करोड मिटर कपडा माग हुने गरेको जानकारी दिएका हुन् । जसमध्ये ९० प्रतिशतभन्दा बढि कपडा आयात गर्नु पर्ने बाध्यता छ ।

यसका साथै संघका उपाध्यक्ष जीतेन्द्र लोहियाले आयात हुने हरेक कपडाको परिमाण नेपालमै उत्पादन गर्न सकिने जानकारी दिए । ‘भारतलगायत देशबाट भित्रिने हरेक प्रकारका कपडा नेपालमै उत्पादन गरेर उपभोग गर्न तथा निर्यात पनि गर्न सकिन्छ,’ उनले भने, ‘तर सरकारले यस क्षेत्रलाई नकारात्म दृृष्टिकोणले हेर्ने गरेको छ ।
नेपालमा भएका कपडा उद्योगमा हाल ६ अर्र्व लगानी रहेको र ३५ हजार जना प्रत्यक्ष रोजगारी रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्