काठमाडौं । सरकारले वीच्याटलगायत अन्य सामाजिक संजालमार्फत हुण्डी कारोबार गर्ने माथी अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको छ । अनुसन्धानको क्रममा वीच्याटमार्फत हुण्डी कारोबार गरिरहेको अवस्थामा नेपाल प्रहरी अपराध महाशाखा काठमाडौंले न्युरोडबाट नगद सहित प्रक्राउ गरेको छ ।
काठमाडौं उपत्यका भित्र गैरकानुनी तवरले हुण्डीको कारोवार गरी राजस्व छली गर्ने कार्यमा संलग्न ७ जनालाई सोमबार पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख धिरजप्रताव सिंहले जानकारी दिए । ‘पछिल्लो समय वीच्याटलगायत अन्य सामाजिक संजालबाट हुण्डी कारोबार भएको जानकारीमा आएसँगै यसलाई हामीले अनुसन्धानको दायरामा ल्याएका छौं,’ उनले भने, ‘सोही क्रममा हामीले सोमबार न्युरोडबाट ५१ लाख ४ हजार ५ सय रुपैयाँ नगद र ३ करोड ५६ लाख ७३ हजार ५ सय ९७ रुपैयाँको चेकसहित पक्राउ गरेका छौं ।’
अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं उपत्यकाको विभिन्न स्थानहरुबाट ७ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ११ थापाथलिका २९ बर्षाीय राहुलराय अग्रवाल, सिन्धुपाल्चोक बलेपी–८ घर भई हाल स्युचाटार काठमाडौं बस्ने ३१ बर्षीय राजकुमार श्रेष्ठ, भारत राजस्थान घर भई हाल क्षेत्रपाटी काठमाडौं बस्ने ५२ बर्षीय शिवकुमार साङतानी, भारत मुम्वई घर भई हाल क्षेत्रपाटी काठमाडौं बस्ने ४६ बर्षीय अरुण सावरथिया, भारत दिल्ली घर भई ज्ञानेश्व र काठमाडौं बस्ने ३८ वर्षीय रविन्द्र चोखानी र ४७ वर्षीय राजकुमार सिघान्ची तथा भारत राजस्थान घर भएका ५२ बर्षीय जगदिशराना सरिया रहेका छन् ।
उनीहरुबाट नगद, चेक, मोबाईल, ल्याप्टप तथा वीच्याट र ह्वाट्सएपमा गरिएको हुण्डीको कारोवार बिवरण र हुण्डी कारोबार गरिएको लेजर तथा कागजातहरु बरामद गरिएको अपराध महाशाखा सिंहले जानकारी दिए । ‘हामीले पक्राउ गरेका व्यक्तिहरुलाई थप अनुसन्धानका लागि आन्तरिक राजस्व विभाग पठाएका छौं भने अरुको विषयमा पनि अनुसन्धान प्रक्रिया अघि बढाएका छौं ।’
वीच्याट लगायत अन्य सामाजिक संजालबाट हुण्डी कारोबारमा समातिएका व्यक्तिलाई राजस्व चुहावट नियन्त्रण ऐन अन्तरगत कारबाही प्रक्रिया अघि बढाईने अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुङ्गानाले बताए । ‘केही समय अघि बिजखबरमा वीच्याटबाट हुण्डीको कारोबार भएको भन्ने समाचार प्रकाशित भएको जानकारीको आधारमा मैले राजस्व अनुसन्धान विभागलाई अनुसन्धान गर्न निर्देशन दिएको थिए,’ राजस्व सचिव ढुङ्गानाले भने, ‘त्यसैको प्रतिफल स्वरुप अहिले त्यस्ता कारोबारमा संलग्न व्यक्तिहरु पक्राउ परे ।’ वीच्याट लगायत अन्य सामाजिक संचालबाट हुण्डी कारोबार गर्ने माथी थप निगरानी राखी अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाईने समेत उनले जानकारी दिए । साथै हाल समातिएका व्यक्तिहरुलाई मुद्दा दायर गरी थप अनुसन्धान गरिने समेत उनको भनाई थियो ।
बिजखबर डटकमले पहिलो पटक २०७४ चैत ६ गते हुण्डीको नयाँ रुपमा ‘वीच्याट’ नेपालबाट यसरी बाहिरिन्छ पैसा भन्ने शिर्षकमा वीच्याटबाट हुने हुण्डी कारोबारको विषयमा समाचार प्रकाशित गरेको थियो । त्यससँगै आन्तरिक राजस्व विभागले सामाजिक संजालमार्फत हुने ईकर्शको कारोबारलाई नियम गर्न छुट्टै कानुन बनाउन कार्यदल गठन गरेको थियो भने अनुन्धान प्रक्रिया पनि अघि बढाएको थियो ।
वीच्याटबाट हुने कारोबारको अनुगमन गर्दै आन्तरिक राजस्व विभाग, ई–कमर्शलाई नियमन गर्न छुट्टै कानुन
हुण्डीको नयाँ रुपमा ‘वीच्याट’, नेपालबाट चीनमा यसरी बाहिरिन्छ पैसा