Logo

लैंगीक विभेदले खस्किदै विश्व अर्थतन्त्र, बार्षिक १६० ट्रिलीयन डलर गुम्दै

लैंगीक विभेदले खस्किदै विश्व अर्थतन्त्र, बार्षिक १६० ट्रिलीयन डलर गुम्दै



काठमाडौं । महिला र पुरुषबीच गरिएको ज्याला असमानताका कारणले विश्वको अर्थतन्त्रमा बार्षिक १ सय ६० ट्रिलीयन डलर गुम्दै आएको छ । विश्व बैंकले बिहीबार सार्वजनिक गरेको एक रिपोर्टमा ज्यालामा देखापरेको लैंगिक विभेदका कारणले विश्वका हरेक नागरिकले २३ हजार ६ सय २० डलर गुमाउने गरेको देखिएको छ ।

विश्व बैंकको एक समुहले विश्वभरिका १ सय ४१ देशमा गरेको अनुसन्धानले ज्याला आएको लैंगिक असमानताले समग्र विश्वकै अर्थतन्त्रमा ठुलो प्रभाव पर्ने देखाएको हो । विश्व बैंकका प्रमुख कार्यकारी अधिकृत क्रिस्टालिभा जर्जीभाले महिला र पुरुषबीचको ज्याला मतभेदले उल्लेखित रकम अनुसारको सम्पत्ती गुम्नुका साथै कुनै पनि महिलाले आफ्नो जिवनभरमा कमाएको पैसा पुरुषको तलबको तुलनामा धैरै अन्तर हुने बताए ।

साथै उनले विश्वको यो प्रचलनलाई संसोधन गर्दे महिला र पुरुषको ज्यालामा समानता ल्याउनु पर्ने जानकारी दिए । प्रत्येक देशहरुमा महिला र पुरुषको कार्यसमय समान, र उनीहरुले कमाउने ज्याला समान भएपनि देशको मानव पूँजीमा भने महिलाको योगदान जम्मा ३८ प्रतिशत रहेको हुन्छ भने उनिहरुको तुलनामा पुरुषको योगदान ६२ प्रतिशत रहेको हुन्छ ।

सो रिपोर्टका अनुसार निती तथा कार्यक्रमहरुले ज्यालादारीमा देखापरेको असमानता हटाउन केहि मात्रामा सहयोग पुग्ने र महिलाको आर्थिक अवस्थामा सुधार आउने देखिन्छ । यसका साथै सो रिपोर्ट अनुसार ज्यालादारीमा लैंगिक विभेदले ४० देखि ५० ट्रिलीयन डलरको नोक्सान पूर्वी एशिया, उत्तर अमेरीका र युरोपको अर्थतन्त्र गुम्ने गरेको छ । त्यस्तै दक्षिण एशियामा भने लैंगिक विभेदका कारणले अर्थतन्त्रमा ९ दशमलव १ ट्रिलीयन डलर नोक्सान हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL