काठमाडौं । आजै संसदमा प्रस्तुत हुने बजेको बारेमा ब्रिफिङ गराउन अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्री कार्यालयमा पुगेका छन् ।
संसदमा बजेट पेश गर्नु अधि सोको बारेमा मन्त्रिपरिषद्लाई जानकारी गराउने प्रचलन अनुरुप अर्थमन्त्री खतिवडा प्रधानमन्त्री कार्यालयमा पुगेका हुन् ।
उनले अहिले बस्ने मन्त्रिपरिषद्मा प्रधानमन्त्री र अन्य मन्त्रीहरुलाई बजेको सिलिङ, मर्म र प्रथमिकताको बारेमा जानकारी गराएसँगै सोही स्थानबाट सिधै संसद भवन पुगेर अपराह्न ४ बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।