Logo

गफमै सिमित चीन भारत रेलवे संचालन, विभागले भन्यो, प्रगति शुन्य

गफमै सिमित चीन भारत रेलवे संचालन, विभागले भन्यो, प्रगति शुन्य



काठमाडौं । नेपालमा रेल सञ्चालनका लागि चीन र भारत दुबै छिमेकी राष्ट्रले चासो लिएका छन । तर, नेपालमा भारतीय रेल छिटो आउने हो वा चिनियाँ रेल आउने हो यसै भन्न सकिने अवस्था भने छैन ।

नेपाल भारत रेल सञ्चालनको लागि अहिलेसम्म कुनै कम्पनीलाई जिम्मा नदिएको रेल विभागका सिनियर डिभिजन इञ्जिनियर तथा सुचना अधिकारी प्रकाश भक्त उपाध्यायले बताए ।

पछिल्लो समय भारतीय रेल संचालनका लागि कोरियन कम्पनीलाई जिम्मा दिएको जुन हल्ला छ त्यो निराधार रहेको उनको भनाइ छ । भारतले निर्माण गर्ने बाहिर हल्ला भएपनि विभागमा लिखित जानकारी नआएको समेत उनले बताए ।

उनका अनुसार सो रेलमार्ग निर्माणका लागि कोरियन कम्पनीलाई जिम्मा दिने तयारी भएको थियो । तर भारतीय कम्पनीले बनाई दिन्छु भने पछि स्थगित गरिको जानकारी दिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा पनि सो विषयमा छलफल भएको उनले जानकारी दिए । ‘दुई देशबीचको प्रधानमन्त्रीको भेटमा सो विषयमा छलफल हुनु सकारात्म कुरा हो,’ उनले भने, ‘मोदी भर्खरै नेपाल भ्रमण गरी फर्किएका कारण भेटमा केकस्ता छलफल भए विभाग समक्ष आइपुगेको छैन ।’

यसैगरी काठमाडौं केरुङ रेलमार्ग भने चीन सरकारले बनाउने भएको छ । काठमाडौं केरुङ रेलमार्गको लागि चिनियाँ टोलीसँग छलफल भइरहेको छ । छलफलमा उनीहरुले बनाउने भनेको छ तर कहिले देखि बनाउन सुरु गर्ने हो सो विषयमा भने टुङगो नलागेको उनले जानकार दिए ।
‘नेपालले अहिले रेलमार्ग बनाउने भनेको सय बर्षलाई सोचेर बनाउने हो,’ विभागका महानिर्देशक अनन्त आचार्यले भने, ‘समयको आवश्यक्तालाई हेरेर भए पनि रेलमार्ग बनाउनु पर्नेछ ।’

विश्वमा ट्रान्सपोर्टले मात्रै २५ प्रतिशत कार्वनका उत्सर्जन गर्ने बताउँदै सोमध्ये कार ट्रकले मात्रै ८० प्रतिशत कार्वन फाल्ने उनले जानकार दिए । तर, रेलले २ प्रतिशतमात्र कार्वन फाल्ने भएकाले पनि त्यसलाई न्युनिकरण गर्नका लागि पनि नेपालमा रेल्वे संचालका लागि आवश्यक भएको उनको तर्क छ ।

पटक पटक नेपाल भारत रेल सञ्चालनको लागि कुरा भए पनि नेपाल भारत रेलमार्ग कस्तो मोडालिटीमा संचालन गर्ने, कसरी जाने भन्ने विषयमा टुङगो लाग्न नगसकेको उनले जानकारी दिए ।

मेट्रोे रेल

नागढुङगा देखी धुलिखेल सम्म सञ्चालन हुने भनिएको मेट्रोे रेलको लगानी बोर्डले विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर) गर्ने भएको छ । रेल विभागका महानिर्देशक आचार्यका अनुसार लगानी बोर्डले सुचना प्रकाशित गरी सो विषयमा सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

तत्कालका लागि धुलिखेलसम्म नभए पनि जगातीसम्म भए पनि डिपिआर हुने उनको भनाई छ । तर बजारमा आएको हल्ला जस्तो २ बर्ष भित्रनै मेट्रो चलाउन नसकिने समेत उनले जानकारी दिए ।

‘२ बर्ष भित्रमा सम्भाव्यता अध्ययन मात्र हुनेछ,’ उनले भने, ‘निर्माणका लागि राम्रो कम्पनी आयो र द्रुत गतिमा काम भयो भने पनि रेल संचालनका लागि कम्तीमा ५ बर्ष लाग्ने छ ।’

प्रतिक्रिया दिनुहोस्