Logo

संसदमा पूर्व बजेट छलफल सुरु, भारतीय लगानी परिचालमा सत्तारुढ दलकै ‘अब्जेक्सन’

संसदमा पूर्व बजेट छलफल सुरु, भारतीय लगानी परिचालमा सत्तारुढ दलकै ‘अब्जेक्सन’



काठमाडौं । आजदेखी सुरु भएको पूर्व बजेट छलफलमा भारतीय बजेट परिचालनमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले ‘अब्जेकशन’ जनाएको छ प्रतिनिधिसभामा अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा बुधबार प्रस्तुत आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता माथि आजदेखि सुरु भएको छलफलमा आफ्नो विचार राख्दै नेकपा (माओवादी केन्द्र)का सांसद अग्निप्रसाद सापकोटाले भारतीय लगानीमा ५ करोड रुपैयाँसम्मका आयोजना सिधै कार्यान्वयनमा लैजाने भन्ने विषयले वैदेशिक सहायता परिचालन र राष्ट्रिय स्वाभिमानमा प्रश्न उठ्ने बताए । सुशासन प्रवद्र्धन र भ्रष्टाचार न्यून गर्ने ढंगबार्ट आधारभूत रुपमा बजेटका प्राथमिकता र सिद्धान्त सही र सकारात्मक रहेको टिप्पणी गर्दै भारतीय लगानीका आयोजनालाई सोझै दिन नहुने उनको तर्क थियो । गर्नुभयो ।

छलफलमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा. मीनेन्द्रप्रसाद रिजालले राजस्वबाट ९ खर्ब रुपैयाँ मात्र प्राप्त हुने हुँदा बजेट निर्माणमा महत्वाकाक्षी नबन्न सुझाव दिएका छन् । साथै वैदेशिक सहयोग पनि १ खर्ब रुपैयाँको हाराहारीमा मात्र प्राप्त हुने सम्भावना रहेकाले सोही अनुरुप बजेट निर्माण गर्न सरकारलाई उनको सुझाव थियो ।

यसैगरी साना आयोजनालाई बजेट विनियोजन नगर्नु भनेको संघीयताको अवधारणा तथा स्थानीय तह र प्रदेशको अधिकार क्षेत्रलाई सरकारले बुझ्न नसकेको उनको आरोप थियो । बजेट निर्माण गर्दा आर्थिक पूर्वाधार निर्माणमा केन्द्रित रही सामाजिक पूर्वाधार निर्माणलाई पनि उत्तिकै हेक्का उनले सुझाव दिए ।
छलफलमा नेकपा (एमाले)का नेता भीमबहादुर रावलले नेपालको संविधान र राजनीतिक दलको घोषणापत्रलाई आत्मसाथ गरेर बजेटका सिद्धान्त र प्राथमिकता अघि सारिएको बताउँदै प्रगतिशील कर प्रणालीतर्फ लक्ष्यित हुने कुरा स्वागतयोग्य रहेको बताए । ‘वैदेशिक सहयोग परिचालन, यातायात र ऊर्जाको विकास र विस्तारका विषयवस्तु ठीक ढंगले समेटिएको छ,’ उनले भने, ‘पिछडिएका क्षेत्रलाई स्पष्टरुपले अघि बढाउने विषयलाई सम्बोधन गर्न आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्