Logo

रेलमार्ग विस्तारमा पूर्व प्रम डा. भट्टराईको टिप्पणी, ‘भारत–चीन रेल जोडेर सम्बृद्धि कि परनिर्भरता बढाउने ?’

रेलमार्ग विस्तारमा पूर्व प्रम डा. भट्टराईको टिप्पणी, ‘भारत–चीन रेल जोडेर सम्बृद्धि कि परनिर्भरता बढाउने ?’



काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्तिको संयोजक डा. बाबुराम भट्टराईले काठमाडौंलाई रेलमार्गले जोड्नु भनेको नेपाललाई थप परनिर्भरता बढाउने बताएका छन् ।

भरर्खरै प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा रहेका वेला भातरतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटमा नेपाल भारत रेलमार्ग सञ्चालनका लागि सम्झौता भएको अवस्थामा भटराईले ट्वीट गर्दै सो कुरा राखेका हुन् ।

‘काठमाण्डौलाई रेलमार्गबाट भारत र चीन दुबै देशसँग जोड्नु राम्रो कुरा हो,’ उनले आफ्नो ट्वीटमार्फत भनेका छ्न्, ‘तर, स्वदेशी उत्पादनले निर्यात गर्न नसकेमा रेलमार्गले परनिर्भरता र असमान विकास बढाउनेछ ।’ यसतर्फ पनि ध्यान केन्द्रित गर्न सरकारलाई आग्रह गरेका छन् ।’

भटराईले ट्वीटमा लेखेका छन्, ‘ब्यापारीक युगमा मध्यस्त व्यापारबाट नेपालले ठुलो लाभ लिएको पनि हो । तर अहिले औद्योगिकर वित्तीय युग छ जसले गर्दा फाइदाभन्दा बेफाइदा बढी हुने देखिन्छ ।’ तर, यसका लागि स्वदेशी बस्तु उपदनमा जोड दिनुपर्ने बताएका छन् ।

नेपालले स्वदेशी उत्पादनलाई निर्यातमा जोड दिन सके रेल मार्गबाट नेपालले लाभ लिन सकिने उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्