Logo

मनोरेलको सम्भाव्यता अध्ययन गर्न लगानी बोर्ड र मलेशियन कम्पनीबीच सम्झौता हुँदै

मनोरेलको सम्भाव्यता अध्ययन गर्न लगानी बोर्ड र मलेशियन कम्पनीबीच सम्झौता हुँदै


बिजखबर संवाददाता
945
Shares

राङडोल लामा
मनोरेल सञ्चालनका लागि मलेशियन कम्पनीले विस्तृत सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

मनोरेल संचालनका लागि मलेशियन कम्पनीसँग सम्झौता गर्न सम्पूर्ण कागजात तयार गरी अन्तिम चरणमा पुगेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार मलेशियन कम्पनीले आफ्नै खर्चमा रिङ्रोडमा मनोरेल संचालनका लागि विस्तृत सम्भाव्यता अध्ययन गर्नेछ । ‘यस अघि मलेशियन कम्पनीले आफ्नै खर्चमा मनोरेलको सम्भाव्यता अध्ययन गर्न प्रस्ताव पेश गरेको थियो,’ उनले भने, ‘सोही अनुरुप कागजात तयारी गरी सम्झौता गर्न लागेका हौं ।’

हाल बोर्डले मनोरेल स्थापनका लागि रेल विभाग र मन्त्रायलसँग पनि छलफल अघि बढाएको छ । सम्भाव्यता अध्ययनको डिटेल रिपोर्ट आएसँगै निर्माण प्रक्रिया अघि बढाइने समेत अधिकारीले जानकारी दिए । ‘अहिले मनोरेल संचालनका लागि कति खर्च र कति समय लाग्छ भन्ने विषयमा अध्ययन सुरु गर्दैछौं,’ उलने भने, ‘उक्त रिपोर्ट आएसँगै टेण्डर आब्हान गरेर निर्माण प्रक्रिया अघि बढाउने छौं ।’

हाल बोर्डले काठमाडौंमा मनोरेल, मेट्रो रेल, धुलिखेलदेखि नागढुङ्गासम्म रेल संचालनजस्ता योजनाहरु अघि बढाएको छ ।

रेल विभागले पनि काठमाडौँको ५ स्थानमा मोनो रेल सञ्चालनको लागि प्रकृया अघि बढाएको छ । काठमाडौँको थानकोट देखी जगाती, रिङरोड, बौद्ध देखि स्वयम्भु लगायत काठमाडौँको ५ स्थानमा चल्ने विभागले जानकारी दिएको छ ।

यसका लागि केही काम अगाडी बढी सकेको र लगानी बोडले लगानी जुटाए पछी थप काम अगडी बढने विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL