Logo

सातवटै प्रदेशका मुख्य मन्त्रीले भने, ‘लगानी गर्न आउनुस सुरक्षा र सुविधा दुबै दिन्छौं’

सातवटै प्रदेशका मुख्य मन्त्रीले भने, ‘लगानी गर्न आउनुस सुरक्षा र सुविधा दुबै दिन्छौं’


बिजखबर संवाददाता
135
Shares

काठमाडौं । सातवतै प्रदेशका मुख्य मन्त्रीहरुले उद्योगी व्यवसायीहरुलाई आ–आफ्नो प्रदेशमा आएर लगानीगर्न आग्रह गरेका छन् । उनीहरुले अबका दिनमा काठमाडौं केन्द्रित व्यवसाय मात्र नभई प्रदेश तथा स्थानीय स्तरमा आएर व्यवसाय गर्न आग्रह गरेका छन् ।

मुख्यमन्त्रीहरुले आ–आफ्ना प्रदेशमा लगानीमैत्री वातावरण बनाएर उद्योग व्यवसाय गर्न चाहने उद्योगी व्यवसायीहरुका लागि सोही अनुरुप सुविधा समेत प्रदान गर्ने प्रतिवद्धता जनाएका थिए । आर्थिक विकासको लागि अब विकेन्द्रिकरण जरुरी भएको भन्दै सोही अनुरुप लगानी विस्तार गर्न समेत उनीहरुले आग्रह गरेका छन् ।

नेपाल चेम्बर अफ कमर्शद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै ४ नम्बर प्रदेशका मुख्य मन्त्री पृथ्वी शुब्वा गुरुङले आफ्नो प्रदेशमा लगानी गर्न आउने उद्योगी व्यवसायीका लागि सुरक्षा र सहुलियत दुबै दिने उद्घोष गरे । ‘४ नम्बर प्रदेशमा जसले उद्योग संचालन गर्न चाहन्छ उनीहरुका लागि सहज रुपमा जमीन समेत उपलब्ध गराइने छ,’ उनले भने, ‘लगानीको सुरक्षा ग्यारेन्टीका लागि व्यवसायीले चिन्ता लिनुपर्दैन त्यो जिम्मा सरकारको भयो ।’

 

यसैगरी ५ नम्बर प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले व्यवसायीहरुलाई उद्योग धन्दालाई केन्द्रमा मात्र सिमिति नराख्न आग्रह गरे । ‘अब उद्योगी व्यवसायीहरुले प्रदेश स्तरमा पनि ठूला उद्योगहरु विस्तार गर्नुपर्छ,’ उलने भने, ‘लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकारको तर्फबाट के गर्नुपर्छ हामी तयार छौं ।’

कार्यक्रममा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले अबका दिनमा निजी क्षेत्रले प्रदेश सरकारले मिलेर काम गर्ने बताए । साथै देश प्रादेशिक संरचनामा गएसँगै चेम्बरले आफुलाई पनि सोही अनुरुप परिस्कृत गर्दै प्रादेशिक तथा स्थानीय संरचनामा लगेको जानकारी दिँदै सरकार र व्यवसायी मिलेर अघि बढ्नुपर्ने बताए । ‘देशलाई आर्थिक रुपमा अघि बढाउन सरकार र निजी क्षेत्र मिलेर काम गर्नुको विकल्प छैन,’ उनले भने, ‘जसका लागि सरकारले लगानीमैत्री वातावरण बनाइदिनुपर्छ व्यवसायीहरु आफै लगानी गर्न आउनेछन् ।’

प्रतिक्रिया दिनुहोस्