Logo

प्रधानमन्त्री भन्छन्, ‘क्यालेण्डर बनाएर देश विकास गरिन्छ’

प्रधानमन्त्री भन्छन्, ‘क्यालेण्डर बनाएर देश विकास गरिन्छ’


बिजखबर संवाददाता
1.9k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि सरकारले छुट्टै क्यालेण्डर नै बनाएर अघि बढ्ने बताए । ‘अब गफ गरेर मात्र देश बन्दैन,’ सातौं अन्तरराष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै उनले भने, ‘अबको ५ बर्षभित्र कति र कसरी विकास गर्ने भन्ने विषयमा सरकारले छुट्टै खाका बनाउनेछ ।’

सरकारले पार्टी र व्यक्तिको हितभन्दा पनि राष्ट्र र जनताको हितमा काम गर्ने उनको दाबी थियो । ‘हामीले पार्टीको जीत कुनै व्यक्तिको साख जोगाउन सरकार गठन गरेका छैनौं,’ उनले भने, ‘यो सरकार देशको आर्थिक बृद्धि गर्नमा केन्द्रित छ ।’

अब पुरानो ढ्र्ररामा भन्दा पनि विज्ञान प्रविधिको प्रयोगबाट मात्र देशमा द्वूत आर्थिक विकास गर्न सकिने भन्दै व्यवसायीलाई पनि सोही अनुरुप अघि बढ्न आग्रह गरेका छन् । अब सरकारको मुख्य काम भ्रष्टाचार उम्मुलन गरी उत्पादक बृद्धि तथा रोजगारी सिर्जना गर्ने भएको भन्दै सोही अनुरुप व्यवसायीलाई पनि कर्मचारी तथा राजनीतिज्ञलाई घुस नदिई काम गर्न दिर्नेशन दिएका छन् ।

अब देशमा कोही पनि खान नपाएर नमर्ने भन्दै त्यसको सुरक्षा ग्यारेन्टी सरकारले लिने उनको घोषणा थियो । ‘अब काम गर्न सक्ने सबै काममा लाग्नुपर्छ,’ उनले भने, ‘यदि काम गर्न नसक्ने छन् भने त्यसलाई राज्यले पाल्नेछ ।’ साथै अबका दिनमा कसैले पनि मागेर खान नपर्ने उनको उद्घोष थियो ।

सरकारले निजी क्षेत्रलाई उचित संरक्षण र उचित प्रोत्साहन दिने भन्दै व्यवसायीले पनि सोही अनुरुप काम गर्नुपर्ने बताए । साथै अगामी दिनमा संयुक्त अरब इमिरेट्समा हुने अन्तरराष्ट्रिय मेलामा नेपालीको उपस्थिती उत्साहजन बनाउनका लागि तयारी गर्न समेत उनको आग्रह थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL