Logo

आर्थिक बृद्धिदर ६ प्रतिशतमा सिमित, बजेट खर्च ८५ प्रतिशत पुग्ने

आर्थिक बृद्धिदर ६ प्रतिशतमा सिमित, बजेट खर्च ८५ प्रतिशत पुग्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले चालू आर्थिक बर्षको आर्थिक बृद्धिदर ६ प्रतिशतमा सिमित हुने प्रक्षेपण गरेको छ । अर्थ मन्त्रालयले बजेटको अर्धबार्षिक समीक्षा गर्दै बृद्धिदर ६ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको हो । बजेटमार्फत ७ दशमलव २ प्रतिशतको आर्थिक बृद्धिदर हासिल गर्ने लक्ष्य लिएको थियो ।

तराईको बाढी तथा अन्य कारणले गर्दा चालू आर्थिक बर्षको आर्थिक बृद्धिदर घट्ने निश्चित भएको अर्थ मन्त्रालयको तर्क थियो ।

नेपालको आर्थिक बृद्धिदर कृषिमा बढी निर्भर रहेको र यसपटक धान उत्पादनमा उल्लेख्य गिरावट आउने कारण आर्थिक बृद्धिदर पनि सोही अनुरुप घट्ने अनुमान गरिएको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले जानकारी दिए ।

‘तराईमा आएको बाढीका कारण धान उत्पादनमा उल्लेख्य गिरावट आएको छ,’ उनले भने, ‘जसको असर देशको आर्थिक बृद्धिदरमा पर्न गएको हो ।’ मूल्य बृद्धि भने ७ प्रतिशत भन्दा तल रहने प्रक्षेपण गरिएको छ ।

त्यस्तै सरकार चालू आर्थिक बर्षमा कुल बजेटको ८४ दशमलव ६७ प्रतिशत हिस्सा खर्च गर्ने भएको छ । यस्तो खर्च गत आवको तुलनमा ३१ प्रतिशतले बढी भएको शंकरप्रसाद अधिकारीले जानकारी दिए ।

सरकारले चालू आवका लागि १२ खर्ब ७८ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेकोमा १० अर्ब ८२ अर्ब ९९ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको उनको दावी थियो । जसमध्ये चालू खर्च ९१ प्रतिशत, पूँजीगत खर्च ७० प्रतिशत र वित्तीय खर्च ७८ प्रतिशत पुग्ने उनको भनाइ थियो ।

पूर्ण क्षति भएका सम्पदामध्ये हालसम्म एक र आंशिक क्षति भएकामध्ये चार सम्पदा बनाइएको निर्देशक मरासिनीले बताए । हाल १५ सम्पदाको पुनःनिर्माण भइरहेको छ । भूकम्पले क्षति भएका पशुपति क्षेत्रका ७५ सम्पदा अझै अलपत्र छन् ।

 

प्रतिक्रिया दिनुहोस्
MBL