Logo

सम्पती शुद्धीकरण सहित ४ विभाग हेर्दै प्रदिप ज्ञवाली, अघि बढ्यो अनुसन्धान

सम्पती शुद्धीकरण सहित ४ विभाग हेर्दै प्रदिप ज्ञवाली, अघि बढ्यो अनुसन्धान


बिजखबर संवाददाता
4.4k
Shares

काठमाडौं । अर्थमन्त्री बन्ने दौडधुपमा लागेका प्रदिप ज्ञवालीले अन्तत सम्पती शुद्धीकरण अनुसन्धान विभाग सहित महत्वपूर्ण ४ वटा विभाग हेर्ने भएका छन् । अर्थमन्त्रीको रिङबाट आउट भएपछि प्रधानमन्त्री कार्यालयमै बसेर उनले महत्वपूर्ण ४ वटा विभाग हेर्न लागेका हुन् ।

केही समयअघि प्रधामन्त्रीले सम्पती शुद्धीकरण विभाग सहित, राजस्व अनुसन्धान विभाग, राष्ट्रिय अनुसन्धान विभागलाई आफुमातहत ल्याएका थिए भने अहिले राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैर सरकारी निकाय अनुगमन गर्ने निकायलाई पनि प्रधानमन्त्री कार्यालयमा मातहत नै लगिएको छ ।

प्रधानमन्त्रीले चारवटै निकायलाई आफुमातह ल्याएर त्यसलाई हेर्ने जिम्मेवारी भने प्रदिप ज्ञवालीलाई दिएका छन् । ती निकायका फाइलमा अन्तिममा प्रधानमन्त्री कार्यालयले हस्ताक्षर गरेपनि त्यसलाई कसरी नियमन गर्ने भन्ने जिम्मा ज्ञवालीकै हुनेछ । प्रधानमन्त्रीले आफ्नो विश्वास पात्र र स्वच्छ छवीका कारण चारवटै महत्वपूर्ण निकाय हेर्ने जिम्मेवारी ज्ञवालीलाई दिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अहिले ज्ञवालीले प्रधानमन्त्री कार्यालयमै बसेर काम गर्न शुरु गरिसकेका छन् । उक्त विभाग हेर्ने जिम्मा पाएसँग ज्ञवालीले सम्पती शुद्धीकरण अनुसन्धान तथा राजस्व अन्सन्धानमा विषयमा सम्बद्ध विज्ञसँग छलफलगरी छानविनको प्रक्रिया अघि बढाउन लागेको स्रोतको भनाइ छ । साथै ज्ञवाली सम्मिलित टोलीले अकुत सम्पती आर्जन गर्ने तथा राजस्व छली गर्नेको सुची समेत तयार पार्नका लागि गृहकार्य शुरु गरेको सम्बद्ध स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL