Logo

भारतले घटायो दुई दर्जन बस्तुको कर, नेपालमा सस्तो होला भाउ ?

भारतले घटायो दुई दर्जन बस्तुको कर, नेपालमा सस्तो होला भाउ ?


बिजखबर संवाददाता
1.3k
Shares

बजेटको पूर्वसन्ध्यामा भारत सरकारले करिब दुई दर्जन बस्तु र चार दर्जन सेवामा लाग्दै आएको करको दर घटाएको छ । भारतको केन्द्रिय तथा राज्यस्तरका अर्थमन्त्री सहभागी एक समितीले २९ ओटा बस्तु र ५३ किसिमका सेवाको कर घटाउने निर्णय गरेको केन्द्रिय अर्थमन्त्री अरुण जेट्लीले जानकारी दिएका छन् ।

भारतले केहि महिनाअघि लागु गरेको बस्तु तथा सेवा कर(जीएसटी) परिषदको बैठक पनि यस्तो निर्णय सार्वजनिक भएको हो ।

परिषदले हिरा तथा महत्वपूर्ण स्टोनको कर ०.२५ प्रतिशतदेखि तीन प्रतिशतसम्म घटाउन सुझाव दिएको छ । बीस लिटरको प्याकेजिङ सहितको पानीको कर १२ देखि १८ प्रतिशतसम्म घटाउने निर्णय परिषदले गरेको छ ।

भारतले घटाएको करको दरबाट दश देखि १२ अर्ब भारतीय रुपियाँ राजस्व घट्ने अनुमान गरिएको छ ।

परिषदले प्रयोग गरिएका पुराना गाडी जसले जैविक उर्जा प्रयोग गर्छन् त्यस्ता बस्तुको कर १८ देखि २८ प्रतिशतसम्म घटाउन पनि सुझाव दिएको छ । त्यस्तै मिठाई र फोस्फोरिक एसिडको कर १२ देखि १८ प्रतिशत घट्ने भएको छ । वैज्ञानिक तथा प्रविधिगत उपकरण तथा घरमा प्रयोग हुने ग्याँसको करको दर पनि ५ देखि १८ प्रतिशत घट्ने भएको छ ।

तर, फिल्टर चुरोटमा भने १८ देखि १२ प्रतिशतसम्म कर थप हुने भएको छ ।

परिषदले ग्यासोलिन र घरजग्गाको करको नीति भने आगामी बैठकबाट तय गर्ने भएको छ । जीएसटी फिर्ता प्रक्रियालाई पनि सहज बनाउनेतर्फ उक्त बैठकले निर्णय गर्ने अपेक्षा गरिएको छ ।

भारतमा यहिं फेब्रुअरी १ तारिखमा नयाँ बजेट प्रस्तुत हुँदैछ । अप्रिल १ गते देखि सुरु हुने नयाँ आर्थिक बर्षका लागि सार्वजनिक गर्ने उत्तः बजेटले अर्थतन्त्रको नक्सा तयार हुने सरकारले बताउँदै आएको छ । भारत सरकारले गत जुलाईदेखि लागु गरेको जीएसटीले खासगरी आपूर्ती प्रणालीमा ठूलो समस्या ल्याएको भन्दै व्यापारीहरुले गुनासो गर्दै आएका छन् ।

आयातमुखी नेपालको अर्थतन्त्रमा भारतको दुई तिहाईभन्दा बढी हिस्सा छ । भारतमा हुने आर्थिक फेरबदलले समेत नेपालको अर्थतन्त्र प्रभावित हुने भएकोले पछिल्लोपटक घटेको करको दरको प्रभाव नेपाली बजारमा समेत पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL