Logo

९ लाख नाघ्यो पर्यटकको आगमन, ३ वर्षमा २० लाख पुग्ला ?

९ लाख नाघ्यो पर्यटकको आगमन, ३ वर्षमा २० लाख पुग्ला ?


बिजखबर संवाददाता
135
Shares

काठमाडौं । सन् २०१७ मा नेपालमा १० लाख भित्र्याउने सरकारको लक्ष्य पुरा त भएन तर सार्थक भने देखिएको छ । गत बर्ष नेपालमा लक्ष्यको नजिक अर्थात ९ लाख ४० हजार पर्यटक भित्रिएको अध्यागमन विभागको तथ्यांक छ ।

सरकारले सन् २०११ मा पर्यटन बर्ष मनाएर बार्षिक १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । त्यसको ६ बर्षपछी २०१७ मा लक्ष्यको नजिक पुगेको हो ।

गत बर्ष सबैभन्दा बढी भारतबाट १ लाख ६० हजार पर्यटक नेपाल भित्रिएका थिए । त्यस्तै दोस्रो बढी पर्यटक भित्रने राष्ट्रमा चीन रहेको छ । गत बर्ष चीनबाट १ लाख ४ हजार पर्यटक नेपाल आएका थिए ।

भारत र चीनपछी अमेरिकी नागरिकलाई नेपालको पर्यटकीय क्षेत्रले लोभ्याएको देखिन्छ । गत बर्ष अमेरिकाबाट ७९ हजार १ सय ४६ जना पर्यटक आएका थिए ।

त्यस्तै तथ्यांक अनुसार युकेबाट ५१ हजार, श्रीलंकाबाट ४५ हजार ३ सय ६१, थाइल्याण्डबाट ३९ हजार १ सय ५४ पर्यटक नेपाल घुम्न आएक थिए । त्यसैगरी कोरियाबाट ३४ हजार र म्यानमारबाट ३० हजार ८ सय ५२ पर्यटक भित्रिएको तथ्यांकले देखाएको छ । यता कोलम्बियाबाट सबैभन्दा कम ९३८ जना पर्यटक आएका थिए ।

गत बर्ष सबैभन्दा बढी पर्यटक अक्टोबरमा महिनामा भित्रिएका हुन् । अक्टोबरमा १ लाख १२ हजार र मार्चमा १ लाख ६ हजार पर्यटक घुम्नका लागि आएका थिए ।

गतबर्ष सबैभन्दा कम जुलाईमा ४२ हजार २ सय ४० पर्यटक भित्रिएका हुन् । गत बर्ष जम्मा ४८ राष्ट्रका नागरिक पर्यटकका रुपमा भित्रिएका थिए ।

सरकारले सन २०२० सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । त्यस्तै सन २०२० लाई भिजिट नेपाल बर्ष समेत घोषणा गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्