Logo

साउदी र यूएईमा नयाँ बर्षदेखि भ्याट लागु

साउदी र यूएईमा नयाँ बर्षदेखि भ्याट लागु


बिजखबर संवाददाता
81
Shares

काठमाडौं । साउदी अरब र युनाइटेड अरब एमिरेट्ले मूल्य अभिबृद्धि कर (भ्याट) लगाउन शुरु गरेको छ । दुवै देशहरुले जनवरी १ देखि भ्याट लगाउन शुरु गरेको हो ।

यी दुवै देशका सरकारले नयाँ सालमा भ्याटमार्फत खाद्य सामग्री, कपडा, इलेक्ट्रोनिक ग्यासोलिन, फोन, बिजुली र पानी आपूर्तिसहित होटल जस्ता उत्पादन र सेवामा कम्तिमा पनि ५ प्रतिशत कर लगाएका हुन् ।

कर तिर्नुपर्ने नियमले नेपाल र भारतबाट रोजगारीका लागि यी दुई देशमा पुगेका लाखौँ युवाहरु प्रभावित हुने भएका छन् ।
भ्याट लागू गर्न पहल गर्ने दुवै देश गल्फ कोपरेसन काउन्सिलका सदस्य रहेका छन् । यिनका अलावा कुवेत, बहराइन, ओमान र कतार पनि यसमा सामेल छन् ।

युएईले पहिलो वर्ष लगभग १२ बिलियन दिराम भ्याट उठ्ने अनुमान गरेको छ । साउदी अरबको कुल बजेटको ९० प्रतिशत र युएईको ८० प्रतिशत हिस्सा तेल उद्योगले ओगट्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL