Logo

डेढ प्रतिशत कम भित्रियो रेमिट्यान्स !

डेढ प्रतिशत कम भित्रियो रेमिट्यान्स !


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । कामका लागि विदेश जाने नेपालीको संख्यामा कमी आउदा रेमिट्यानस भित्रने क्रम पनि घटेको छ । चालु आर्थिक बर्षको चार महिनामा भित्रिएको रेमिट्यान्सले यस्तो देखाएको हो ।

कात्तिक सम्ममा रेमिट्यान्स भित्रने दरमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.४ प्रतिशतले घटेको राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

यस वर्षको कात्तिक सम्ममा २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्षको कात्तिकसम्ममा २ खर्ब ३२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
विशेषगरी साउदी अरबमा पछिल्लो समय देखिएको मन्दिको कारण त्यहा रोजगारीको लागि जाने नेपालीको संख्यामा कमी आएको देखिन्छ ।

राष्ट्र बैंकका अनुसार मलेसिया जाने कामदारको संख्यामा उच्च वृद्धि भएको छ । तर साउदी अरेबिया जानेको संख्यामा उच्च रुपमा  कटौती भएको हो ।

गत आवको सो अवधिमा ३१ हजार जना साउदी गएपनि यसबर्ष भने करिव आधा कम १५ हजार मात्र रोजगारीका लागि त्यसतर्फ गएका देखिन्छन ।

राष्ट्र बैंकको प्रतिवेदन अनुसार यो वर्ष कात्तिकसम्ममा १५ हजार ९ सय २१ मानिसहरु रोजगारीको खोजीमा साउदी अरब गएका थिए भने गत वर्ष ३१ हजार ८ सय ८१ गएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL