Logo

मेस्सीको देशबाट के ल्याउँछ नेपालले ?, आयातमा चीनपछि अर्जेण्टीनाको वर्चस्व

मेस्सीको देशबाट के ल्याउँछ नेपालले ?, आयातमा चीनपछि अर्जेण्टीनाको वर्चस्व


बिजखबर संवाददाता
6.3k
Shares

नेपालको अन्तर्राष्ट्रिय  व्यापारमा भारत र चीनको हिस्सा सबैभन्दा ठूलो छ । यसमा पनि भारतसँग हुने व्यापार करिब एक तिहाइ पुगिसकेको छ । यी देशपछि नेपालको व्यापार पछिल्लो समय दक्षिण अमेरिकी मुलुक अर्जेण्टिनासँग बढ्न थालेको छ ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक बर्षको चार महिनासम्मको तथ्याङ्क अनुसार नेपालले सबैभन्दा धेरै आयात गर्ने मुलुकको सुचीमा अर्जेण्टिना तेस्रो स्थानमा छ । भारत र चीनसँग नेपालको दोहोरो व्यापार भएपनि अर्जेण्टिनासँग भने चार महिनासम्म एकतर्फि व्यापार मात्र भएको देखिएको छ । अर्थात यसबीचमा अर्जेण्टिनाबाट नेपालले आयात मात्र गरेको छ कुनै बस्तु निर्यात गर्न सकेको छैन ।

अर्जेण्टिनाबाट नेपालले चिया उत्पादनका लागि आवश्यक मेसिनरी सामग्री, कन्भर्टर्स, सवारी पाटपूर्जा, बिउबिजन, कच्चा सोयाबिन तेल, कच्चा सूर्यमुखि तेल, अङ्गुरको वाइन लगायतका बस्तु चार महिनाको अवधिमा आयात गरेको छ । यसबीचमा नेपालले अर्जेण्टिनाबाट मात्रै चार अर्ब ७६ करोड रुपैयाँ बराबरको बस्तु आयात गरेको छ ।

अर्जेण्टिनापछि भियतनाम नेपालको व्यापार हुने देशको चौथो सुचीमा छ । चार महिनासम्म भियतनामबाट नेपालले चार अर्ब १६ करोड रुपैयाँको आयात गरेको छ भने २० करोड रुपैयाँको बस्तु निर्यात पनि गरेको छ ।

विभागको तथ्याङ्क अनुसार नेपालले सबैभन्दा धेरै अन्तर्राष्ट्रिय  व्यापार गर्ने देशको सुचीमा इण्डोनेशीया पाँचौ स्थानमा छ । त्यस्तै थाइल्याण्ड, फ्रान्स, साउदी अरब, अमेरिका र मलेसिया क्रमशः छैठौंदेखि दशौं स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL