Logo

एआइआइबीले गर्यो पहिलो ऋण स्वीकृत, ग्यास उद्योगमा २५ अर्ब लगानी

एआइआइबीले गर्यो पहिलो ऋण स्वीकृत, ग्यास उद्योगमा २५ अर्ब लगानी


बिजखबर संवाददाता
2.3k
Shares

बेइजिङ । एसियाली पूर्वाधार विकास लगानी बैंकले पहिलो पटक ऋण स्वीकृत गरेको छ । पूर्वाधार विकासमा लगानी गर्न चीनको अग्रसरतामा स्थापना भएको सो बैंकले ग्यास उद्योगमा लगानी गरेको हो ।

बेइजिङमा मुख्यालय रहेको एसियाली पूर्वाधार विकास लगानी बैंकले पहिलो पटक ऋण स्वीकृत गरेको समाचार छ । बैंकले पहिलो ऋण चीनका लागि स्वीकृत गरेको हो । चीनको एक ग्यास कम्पनीका लागि बैंकले सो ऋण स्वीकृत गरेको हो ।

बैंकले एक प्राकृतिक ग्यास कम्पनीका लागि करिब २५ करोड अमेरिकी डलर बराबर अर्थात २५ अर्ब रुपैयाँभन्दा बढी ऋण स्वीकृत गरेको हो । चीनमा करिब २ लाख १७ हजार घरमा प्राकृतिक ग्यास जडान गर्ने उद्देश्य सहित ऋण प्रदान गरिएको समाचारमा उल्लेख छ ।
उक्त ऋण लगानीबाट गरिएको ग्यास जडानपछि वर्षेनी करिब ६ लाख टन कार्बन उत्सर्जन घटाउने अपेक्षा गरिएको समाचारमा उल्लेख गरिएको छ ।

एआइआइबीका अध्यक्ष लि छुङले बेइजिङमा वायु प्रदुषणको मात्रा घटाउने प्रयासस्वरुप गर्न लागिएको यस आयोजनाका लागि लगानी गरिएको प्रतिक्रिया दिएका छन्  (रासस/सिन्ह्वा )

प्रतिक्रिया दिनुहोस्
MBL