Logo

१० बजेसम्म २५ प्रतिशत मत खस्यो

१० बजेसम्म २५ प्रतिशत मत खस्यो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । आइतबार बिहान ७ बजेदेखि शुरु भएको मतदानमा २५ प्रतिशत मत खसेको छ । पहिलो चरण अन्तर्गत ३२ जिल्लामा सुरु भएको मतदानमा १० बजेसम्म २५ प्रतिशत मत खसेको हो ।

केही उच्च हिमाली भेगमा बाहेक अन्य स्थानमा उत्साहपूर्ण सहभागीता रहेका निर्वाचन आयोगले जानकारी दिएको छ । उच्च हिमाली क्षेत्रका मतदान केन्द्रहरुमा चिसोका कारण केही समय ढिलो मतदान सुरु भएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा ४हजार ४६५ मतदान केन्द्रहरुमा मतदान सुरु भएको छ । मतदान साँझ पाँच बजेसम्म जारी रहनेछ ।

पहिलो चरणको यस निर्वाचनमा कूल ३१ लाख ९१ हजार ९४५ मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL