Logo

शिर्ष नेताविरुद्ध नै बागी उम्मेदवारी

शिर्ष नेताविरुद्ध नै बागी उम्मेदवारी


बिजखबर संवाददाता
189
Shares

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको लागि दोस्रो चरणको चुनावमा विभिन्न दलका शिर्ष नेताविरुद्ध बागी उम्मेदवारी परेको छ ।

टिकट वितरणमा असन्तुष्टि जनाउदै बिभिन्न दलका नेता तथा कार्यकर्ताले स्तन्त्रन्त्र उम्मेदवारी दिएका हुन् ।

शीर्ष नेताहरुमध्ये कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल, राजपा अध्यक्ष महन्थ ठाकुरविरुद्ध बागी उम्मेदवारी परेको छ ।

त्यसैगरी संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राजपा अध्यक्ष मडण्लका सदस्य अनिल झा विरुद्ध पनि आफ्नै नेता तथा कार्यकर्ताले बागी उम्मेदवारी दिएका छन् । माओवादी नेता हरिबोल गजुरेलविरुद्ध गठबन्धनबाटै बागी उम्मेदवार भएका छन् ।

काठमाडौं २ मा रिष्ठ नेता माधवकुृमार नेपाल एमाले कार्यकर्ता एलपी श्रेष्ठले नेपालविरुद्ध बागी उम्मेदवारी दिएका हुन् । त्यस्तै
हालै एमाले प्रवेश गरेकी गायिका कोमल वलीले दाङ ३ मा हिराचन्द्र केसीविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएकी छन् ।

त्यस्तै प्रदेशसभातर्फ क मा एमालेका गुलाबजंग शाहविरुद्ध माओवादी जिल्ला संयोजक भीमप्रकाश शर्मा र ख मा एमालेका प्रकाश ज्वालाविरुद्ध जितवहादुर पुनले उम्मेदवारी दिएका छन् ।

सिन्धुलीमा माओवादी नेता हरिबोल गजुरेलविरुद्ध प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा रामकुमार पौडेलले बागी उम्मेदवारी दिएका छन् ।

यता राजपा फोरमको गठबन्धनका प्रमुख तीन शीर्ष नेताविरुद्ध बागी उम्मेदवारी परेको छ । महन्थ ठाकुरविरुद्ध सोही पार्टीका चन्द्रेश्वर झा महोत्तरी ३ मा बागी उम्मेदवार बनेका छन् । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवविरुद्ध सप्तरी २ मा राजपा सहमहामन्त्री जयप्रकाश ठाकुर बागी उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL