अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी डाइभरसिटी भिसा लटरी प्रोग्राम (डिभी) ले आफ्नो देशमा आतंकवादी भित्र्याएको बताएका छन् । उनले ट्वीट गर्दै अमेरिकामा आतंकवादी बढ्नुमा डिभी मुख्य कारण रहेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘हामी मेरिटमा आधारित आप्रवासनका लागि लडिरहेका छौं, डेमेक्र्याट लट्री प्रणाली आवश्यक छैन ।’ हामीले यसमा अत्याधिक कडाई हुनु आवश्यक छ ।