Logo

देउवा सरकारको मन्त्रीमण्डल विस्तार, हेर्नुहोस कसले पाए कुन मन्त्रालय ?

देउवा सरकारको मन्त्रीमण्डल विस्तार, हेर्नुहोस कसले पाए कुन मन्त्रालय ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । शेरबहादुर देउवा  नेतृत्वको  सरकारले  बुधबार दोस्रोपटक मन्त्रीमण्डल विस्तार गर्दै छ । बुधबार कांग्रेसबाट १०, माओवादी केन्द्रबाट ६, लोकतान्त्रिक फोरमबाट २ जना र नेकपा संयुक्तबाट १ जना मन्त्री थपिन लागेका हुन्।
जसअनुसार कांग्रेसबाट  यज्ञबहादुर थापाले कानुन मन्त्रालय, वीरबहादुर बलायरले भौतिक पूर्वाधार र योजना, मोहन बस्नेतले सूचना तथा सञ्चार, सञ्जय गौतमले सिँचाइ, मीन विश्कर्माले वाणिज्य, अम्बिका बस्नेतले गरिबी निवारण र सहकारी, भीमसेनदास प्रधानले रक्षा मन्त्रालय सम्हाल्ने छन् र त्यस्तै  रामकृष्ण यादवले कृषि र राजन केसीले युवा तथा खेलकुद  र महेन्द्र यादवले खानेपानी तथा सरसफाई मन्त्रालय सम्हाल्ने छन्।
तयसैगरी माओवादी केन्द्रबाट पनि आज ६ जना नयाँ मन्त्री थपिएका छन्। गिरिराजमणि पोखरेल स्वास्थ्य मन्त्री, महेन्द्रबहादुर शाही ऊर्जा मन्त्री बन्ने भएका छन् । त्यस्तै प्रमुख सचेतक टेकबहादुर बस्नेत सामान्य प्रशासन ,  शिवकुमार मण्डल आपूर्ती, मिथिला चौधरी वातावरण, सन्तकुमार चौधरी पशुपंक्षी बनेका छन् ।
माओवादीले तीन राज्यमन्त्री पनि पठाउने भएको छ। नेपाल लोकतान्त्रिक फोरमबाट जीतेन्द्र देव पर्यटन र गोपाल दहित भूमि सुधार मन्त्री बन्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL