Logo

अर्थ सचिव भन्छन्, भारतको ‘जिएसटी’ले ब्यापार घाटा अझै बढाउँछ

अर्थ सचिव भन्छन्, भारतको ‘जिएसटी’ले ब्यापार घाटा अझै बढाउँछ


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । भारत सरकारले आफ्नो देशमा कार्यान्वयनमा ल्याएको बस्तु तथा सेवा शुल्क कर (जीएसटी)ले नेपालसँगको ब्यापार घाटा अझै बढ्न भएको छ । भारतले सरकारले लगाएको जीएसटीका कारण अबका दिनमा ब्यापारीहरुले वास्तविक मूल्यमा सामान आयात गर्ने हुँदा भारतसँगको ब्यापार घाटा अझै बढ्ने अर्थ सचिव डा. शान्ताराज सुवेदीले बताए ।

भारत सरकारले जीएसटी लगाएसँगै भन्सार बिन्दुमा न्युन बिजकिकरणको समस्या हट्ने छ । भारतबाट जुन मूल्यमा खरिद गर्यो नेपालमा सोही मूल्यमा भित्रने हुँदा न्युन बिजकिकरण घट्न गई आयात उच्च रुपमा बढ्ने उनको तर्क थियो । ‘यस अघि कतिपय सामानहरु भन्सार छलीका लागि न्युन बिजकिकरण भएर आउथ्यो,’ उनले भने, ‘भारत सरकारले लगाएको जीएसटीका कारण अब त्यो समस्या हट्ने छ ।’

उनका अनुसार जीएसटीले भन्सारबाट सस्तो मूल्यमा मालसामान छुटाएर उपभोक्तालाई महङ्गोमा बेच्ने परम्परा समेत अन्त्य हुनेछ । यसअघि कतिपय ब्यापारीले भन्सार छली गर्न अहिले नेपालको भारतसँगको ब्यापार घाटा उच्च रहेको छ । आर्थिक बर्ष २०७३/७४ को ११ महिनामा पनि भारतसँगको ब्यापार घाटा १२ प्रतिशतले बृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL