Logo

काठमाडौं महानगरले ल्यायो पौने ११ अर्बको बजेट, सवारी र मनोरञ्जन करमा कडाई

काठमाडौं महानगरले ल्यायो पौने ११ अर्बको बजेट, सवारी र मनोरञ्जन करमा कडाई


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० अर्ब ७८ करोड ६९ लाख रुपैयाँको बजेट ल्याएको छ । महागरको नगर सभाको चालू आर्थिक बर्षका लागि आर्थिक विधेयकबाट सर्व सम्मतीले सो बजेट पारित गरेको हो ।

महानगरले चालू आबमा कर आयतर्फ ४ अर्व ३६ करोड ७५ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ भने गैर करतर्फ २ अर्व १२ करोड गरी ६ अर्व ४८ करोड ७५ लाख रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको छ । राजस्व र करका दरसहितको विधेयकले साना करदातालाई लाभ हुने गरी कर निर्धारण गरिने समेत महानगरले जानकारी दिएको छ ।

यसैगरी महानगरलाई समानीकरण र शशर्त अनुदानबाट ३ अर्व १६ करोड ८२ लाख रुपैयाँ प्राप्त भएको छ । महानगरले आफ्नो मौज्दात १ अर्व १३ करोड रुपैयाँ गरी कुल १० अर्व ७८ लाख रुपैयाँको बजेट विनियोजन गरेको हो ।

यस अघि बहाल करमा सरकारले १० प्रतिशत र तत्कालीन स्थानीय निकायले २ प्रतिशत संकलन गर्दै आएको थियो । अबका दिनमा १२ प्रतिशत बहाल कर महानगरले संकलन गर्नेछ ।

यसैगरी महानगरले यातायात व्यवस्था कार्यालयसँग समन्वयबाट सवारी कर उठौतीमा कडाइ गर्ने भएको छ । त्यस्तै मनोरञ्जन करलाई नयाँ कर क्षेत्रका रुपमा राखिएको विधेयकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्