Logo

स्थानीय निकायमा गएको बजेट फ्रिज नहुने, साउन १ गते ७५ अर्ब जाँदै

स्थानीय निकायमा गएको बजेट फ्रिज नहुने, साउन १ गते ७५ अर्ब जाँदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले स्थानीय निकायका लागि बिनियोजन गरेको बजेट फ्रिज नहुने भएको छ । स्थानीय निकायलाई यस अघि गएको र अब जाने सबै खालका बजेट फ्रिन नहुने गरी कानुनी ब्यवस्था गर्न लागिएको अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख केबलप्रसाद भण्डारीले बताए । ‘सो सम्बन्धमा हामीले छुट्टै ब्यवस्था गर्दै छौं,’ नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा आयोजित स्थानीय तहको वित्तीय ब्यवस्थापन सम्बन्धी कार्यक्रममा उनले भने, ‘आज वा भोली सम्ममा स्थानीय तहमा गएको बजेट फ्रिज नहुने गरी नयाँ ब्यवस्था गर्नै छौं ।’

finance ministry

उनका अनुसार कुनै पनि स्थानीय निकायले चालू आर्थिक बर्षका लागि बिनियोजन गरेको बजेट सोही आबमा खर्च गर्न नसकेमा आगामी आबको बजेटमा रकमान्तर गर्न मिल्ने ब्यवस्था गर्न लागिएको हो । केन्द्रिय सरकारले स्थानीय निकायमा जाने बजेटलाई सम्बन्धित निकायको सञ्चित खातामा पठाउने र सोही आबमा खर्च नभएका सो रकम समेत समावेश गरी स्थानी निकायले आगामी आबको बजेट बनाउन सक्ने समेत उनले जानकारी दिए ।

सरकारले यस अघि ७ सय ४४ स्थानीय निकायलाई १/१ करोडका दरले ७ अर्ब ४४ करोड रुपैयाँ रकम पठाएको थियो । नयाँ ब्यवस्था अनुसार सो रकम पनि फ्रिज हुने छैन । यस अघि एक आबका लागि बिनियोजन गरिएको बजेट सोही आबमा खर्च गर्न नसकेका फ्रिज हुने ब्यवस्था थियो । अब सबै स्थानीय निकायमा जनप्रतिनिध चुनिएको र उनीहरुकै विश्वासमा स्थानीय निकाय विकासका लागि बजेट फ्रिज नहुने ब्यवस्था गर्न लागिएको समेत उनले जानकारी दिए ।

यसैगरी सरकारले साउन साउन १ गते नै ७ सय ४४ वटा स्थानीय निकायलाई ७५ अर्ब रुपैयाँ निकासा दिने भएको छ । हाल सरकारले सो रकम मौज्जादमा राखेको र साउन लाग्ने वित्तिकै सम्बन्धित निकायको खातामा पठाइने भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL